IME Life

बैंकिङ तरलताले तरङ्गित हुँदै लगानीकर्ता, ‘तरलता अभाव हुनु भनेको बैंकको मुनाफा बढ्नु हो’

SPIL
NIC ASIA

काठमाडौं । बैंकिङ तरलता अभावको समाचार बाहिरिए सँगै शेयर बजार केहि दिनेदेखि तरङ्गित छ । एक पछि अर्को नकारात्मक समाचारले लगानीकर्ताको मनोबल घट्दा शेयर बजार पनि लगातार घटिरहेको छ । बैंकिङ तरलता घटेको समाचारले अहिले नै आत्तीहाल्ने अवस्था नरहेको बजार विश्लेषक निरञ्जन टिवरेवाल बताउछन् । उनि भन्छन् ‘बैंकिङ तरलता अभाव हुनु भनेको बैंकहरुको मुनाफा बढ्नु हो ।’

बैंकहरुले असोज महिनाका लागि सम्पुर्ण निक्षेपको व्याजदर बढाएका छन् । सबैभन्दा धेरै सनराइज बैंकले तीन वर्ष भन्दा लामो अवधिको लागि १०.०७ प्रतिशत व्याजदर निर्धारण गरेको छ । यो समयमा बैंकहरुले जति धेरै निक्षेप थुपार्न सक्छन् भोलिका दिनमा त्यहि अनुपातमा कर्जा प्रवाह गर्ने आकलन सहित व्याजदर बढाएर निक्षेप तान्ने रणनीति लिएका हुन् ।

Prabhu
Crest

साउन भदौ र असोज महिनामा बैंकहरुको कर्जा प्रवाह तुलनात्मक रुपमा कम हुन्छ । दशै तिहार पछि घर बनाउने, जग्गा किन्ने, उद्योग व्यापार व्यवसाय गर्नेहरुको कारण कर्जाको माग उच्च हुन्छ । अहिलेकै अवस्थामा तरलता विस्तारै टाइट हुन थालेको विश्लेषण गर्दै बैंकहरुले भोलिका दिनमा आवस्यक पर्ने निक्षेप जोहो गर्न पनि बचतको व्याजदर बढाएका हुन् ।

शेयर बजारमा सबैभन्दा धेरै हिस्सा रहेको बैंक वित्तीय संस्थाको बढ्दो मुनाफाले पक्कै पनि शेयर बजारलाई सकारात्मक प्रभाव पार्ने विश्लेषकहरु बताउछन् । सरकारले खर्च गर्न नपाउने त्यसमा पनि निक्षेपको व्याजदर बढिरहेको आकलनले हिजोका दिनमा शेयर बजार घटेको थियो । तर बजारमा हल्ला चलेजस्तो बर्बाद हुने अवस्था छैन ।

प्रतिनिधिसभाको बैठक असोज चार गतेका लागि बोलाइएको छ । यसअघि अध्यादेश पारित नभएको र प्रतिस्थापन विधेयक पनि पारित नहुँदा अहिले निष्क्रिय अवस्थामा छ । सरकारले असोज चार गते पेश्की खर्च विधेयक लिएर पारित गराउन सक्छ । गत साता सरकारले खर्च गर्न नपाउने विषयले असर गरेकोमा यस साता सरकारले खर्च गर्न पाउने सकारात्मक समाचारले शेयर बजारलाई सपोर्ट गर्न सक्ने विश्लेषकहरु बताउछन् ।

शेयर बिक्री गरेर बसेका लगानीकर्ताले तत्काल लगानी गर्न सक्ने क्षेत्र तय भइसकेको छैन । पछिल्लो समय शेयर बजारमा प्रवेश गरेका लगानीकर्ताको हैसियत घरजग्गा कारोबार गर्नेसम्म भइसकेको छैन । काठमाडौं उपत्यका भित्रको घरजग्गाको मूल्य आम सर्वसाधारणको पहुँच भन्दा बाहिर गइसकेको छ । यसले गर्दा शेयर बजारमा तत्काल मन्दी आउन सक्ने अवस्था नरहेको टिवरेवालको तर्क छ ।

बजार अझै पनि बढ्दो क्रममै छ । वियरिस ट्रेण्डमा प्रवेश गरेको छैन । अहिले सुधार भएको बजारमा नयाँ आएका कम्पनीहरुको धेरै योगदान छ । बैंक वित्तीय संस्थाको शेयर मूल्य अझै पनि अण्डर भ्यालु छ । केहि कम्पनीहरुको शेयर मूल्य आकासिएको हुँदा ति कम्पनीमा करेक्सन आउनु स्वभाविक हो । तर बजार धेरै तल झर्यो भनेर आत्तीने अवस्था नरहेको विश्लेषकहरुको धारणा छ ।

अहिले बजारलाई राजनीतिक अन्योलताले पनि प्रभावित पारिरहेको छ । प्रमुख प्रतिपक्षीका कारण संसद सुचारु हुन सकेको छैन । अर्को तर्फ मन्त्रिपरिषद विस्तार हुन सकिरहेको छैन ।

यदि संसद पनि नचल्ने र मन्त्रिपरिषद पनि विस्तार हुन सकेन भने चुनावी सरकारको समिकरण बन्ने निश्चित छ । यदि चुनावी सरकार गठन भयो र देश चुनावमा होमियो भने शेयर बजारमा पुन अर्को उछाल आउनेछ । चुनावको समयमा सरकार तथा राजनीतिक दलहरुले खर्च गर्छन् । खर्च बढ्ने वित्तीकै बैंकिङ तरलता बढ्ने र त्यसको प्रत्यक्ष असर शेयर बजारमा देखिन्छ ।

अहिलेको बैंकिङ तरलता बैंकहरुको रणनीतिक मुभमेन्ट हो । दशै तिहारमा बाहिरिने पैसालाई तान्न बैंकहरुले व्याजदरमा अस्वस्थत प्रतिस्पर्धा गर्न थालेका छन् । यस्तो हर्कतले व्याजदर केहि हदसम्म बढाउन मद्दत गर्छ तर भोलिका दिनमा यसले केहि व्यवस्थान भने पक्कै गर्छ ।

अर्थमन्त्री र गभर्नरको राजिनामा माग गर्दै केहि लगानीकर्ताहरु गत विहीबारदेखि आन्दोलनमा होमिएका छन् । यदि उनिहरुको आमरण अनसनलाई राष्ट्र बैंक तथा मन्त्रालयले संवोधन गर्यो भने त्यसले पनि शेयर बजारलाई केहि हदसम्म सुधार गर्न सघाउने देखिन्छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS