IME Life

डोल्मा इम्प्याक्ट फण्डले उपाय सिटीमा १६ लाख अमेरिकी डलर शेयर लगानी गर्ने

SPIL
NIC ASIA

काठमाण्डौं । डोल्मा इम्प्याक्ट फण्डले ढुवानी सेवा प्रदायक कम्पनी उपाय सिटीमा १६ लाख अमेरिकी डलर शेयर लगानी गर्ने भएको छ ।
डोल्मा इम्प्याक्ट फण्डले जारी गरेको विज्ञप्ती अनुसार १८ करोड ८६ लाख ५६ हजार रुपैयाँ पूँजी लगानी गर्नेबारे बिहीबार शेयर लगानीकर्ताहरुसँग लिखित सम्झौता भएको छ ।

उपाय सिटी कार्गोले विगत दुई वर्षदेखि मोबाइल एप्स र वेभसाइटमार्फत् राजधानीभित्र साना मालबाहक गाडी र स्कुटीबाट मालसामान ढुवानी गर्ने सेवा प्रदान गर्दै आएको छ ।

Prabhu
Crest

उपाय सिटीले देशबाहिर समेत ढुवानीको सेवा प्रदान गर्ने तयारी गरेको छ। उपाय सिटीले राजधानीबाहिर बुद्ध एयरले हवाईमार्गबाट ढुवानी गर्ने मालसामान पोखरा र भैरहवामा स्थानीय उपभोक्ताहरुको घरदैलोसम्म पु¥याउने सेवा प्रदान गर्न थालेको हो ।

विदेशी दातृ संस्था तथा लगानीकर्ताहरुबाट लगानीको लागी आवश्यक पूँजी जुटाएर डोल्मा इम्प्याक्ट फण्डले नेपालको निजी क्षेत्रसँग मिलेर वैकल्पिक उर्जा, जलविद्युत, कृषि भण्डारलगायतको व्यापारमा शेयर लगानी गर्दै आएको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS