IME Life

एशियन लाइफ इन्स्योरेन्सको व्यतित बीमालेखमा ५० प्रतिशत ब्याज छुट

SPIL
NIC ASIA

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले व्यतित बीमालेख नविकरण गर्दा ५० प्रतिशत ब्याज छुट दिने भएको छ । कम्पनीले बीमितहरुको मागलाई ध्यानमा राखी कम्पनीबाट जारी भएका र विभिन्न कारणले बीमाशुल्क तिर्न बाँकी भर्य म्याद नाघेका व्यतित बीमालेखहरुमा छुट दिने जनाएको छ ।

कम्पनीबाट जारी गरिएका बीमालेख अन्तर्गत २०७८ भदौ मसान्तसम्म बीमाशुल्क भुक्तानी गर्नु गर्ने मितिले ६ महिना नाघेका (पुर्ण व्यतित भएका) बीमालेखहरु २०७८ असोज १ गतेदेखि कार्तिक १५ गतेसम्म आवश्यक प्रकृया पूरा गरी पुनर्जागरण गर्दा विलम्ब शुल्क (ब्याज) मा ५० प्रतिशत छुट गर्ने जनाएको छ ।

Prabhu
Crest

दुई वर्षभन्दा बढी समय व्यतित भएका बीमालेखहरुको हकमा यो सुविधा लागु हुने छैन । एक पटक ब्याज छुट गरिसकेको बीमालेखमा बीमा अवधि भर पुनः ब्याज छुट प्रदान गरिने छैन् । आगामी असोज १ गते पुर्व कुनै व्यतित बीमालेख अन्तर्गत ब्याज छुट प्रदान गरिएको भएमा सोलाई गणना गरिने छैन् ।

जसका लागि कम्पनीले कम्पनीको कर्पोरेट तथा प्रदेशस्थित शाखा कार्यालय, तथा उपशाखा कार्यालयहरुबाट र अभिकर्तासँग सम्पर्क गर्न आग्रह गरेको छ  ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS