IME Life

अरुण भ्याली हाइड्रोपावरको एजिएम असोज २४ गते, हकप्रद र बोनश शेयर प्रस्ताव

SPIL
NIC ASIA

काठमाडौं । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले आफ्ना शेयरधनीलाई आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट लाभांश घोषणा गरेको छ । कम्पनीको आज बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहरूलाई चुक्ता पूँजीको १० प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि ०.५२६ प्रतिशत नगर गरी कूल १०.५२६ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

त्यसैगरी, कम्पनीले बोनश शेयर वितरण गरेपश्चात् कायम हुने चुक्ता पुँजीको १ः०.५० अर्थात् ५० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने घोषणा पनि गरेको छ ।

Prabhu
Crest

कम्पनीले आगामी असोज २४ गते साधारण सभा बोलाएको छ । लाभांश वितरण प्रयोजनको लागि कम्पनीले असोज ११ गते बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, असोज १० गतेसम्म नेप्सेमा कारोबार भइ कायम भएका शेयरधनीले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS