IME Life

बजेट निकासा फुकुवा, नेपाल सरकारको सबै प्रकारका भुक्तानी हुने

SPIL
NIC ASIA

काठमाडौं । नेपाल सरकार अर्थमन्त्रालय महालेखा नियन्त्रकको कार्यालयले आर्थिक वर्ष २०७८/७९ को बजेट निकासा फुकुवा गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले भदौ २८ गते पेश गरेको प्रतिस्थापन विधेयकका कारण नेपाल सरकारको पेन्सन र तलब भत्ता बाहेक सम्पुर्ण सरकारी कारोबार भुक्तानी रोक्का गरिएको  थियो ।

अर्थ मन्त्रालको भदौ २८ गतेको पत्रानुसार प्रतिस्थापन विधेयक तयार गर्ने सन्दर्भमा मन्त्रालयगत बजेट सूचना प्रणलीमा क्रियाकलापहरु प्रविष्टी गर्ने प्रयोजनका लागि मन्त्रालयको भदौ २४ गतेको पत्र र महालेखा नियन्त्रकको भदौ २४ गतेको पत्रबाट नेपाल सरकारको पेन्सन र तलब भत्ता बाहेक अन्य सम्पूर्ण सरकारी कारोबारको भुक्तानी रोक्का गरिएको थियो ।

Prabhu
Crest

अर्थमन्त्री शर्माले प्रतिनिधिसभामा प्रतिस्थापन विधेयकको रुपमा विनियोजन विधेयक २०७८ पेश गरिसकेको हुँदा प्रचलित कानुन अनुसार गर्ने गरी सबै प्रकारका भुक्तानी फुकुवा गरिएको भन्दै महालेखा नियन्त्रकको कार्यालयले जानकारी दिएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS