IME Life

एशियन लाइफ इन्स्योरेन्सद्वारा १ करोड ८४ लाख रुपैयाँ मृत्यु दाबी भुक्तानी

SPIL
NIC ASIA

काठमाण्डौं । एशियन लाइफ इन्स्योरेन्सले बीमित गकुल महराको परिवारलाई १ करोड ८४ लाख १४ हजार ५ सय ५८ मृत्यु दाबी वापत भुक्तानी गरेको छ । बीमितको श्रीमति निर्मला विष्टलाई कम्पनीको संचालक समितिका अध्यक्ष दिपक कुमार श्रेष्ठले ए कार्यक्रमको आयोजना गरी चेक हस्तान्तरण गरेका हुन् ।

कम्पनीका संचालक द्वय सजल मास्के, अच्यूत राज सापकोटा,प्रमुख कार्यकारी अधिकृत दिनेश लाल श्रेष्ठ, नायब प्रमुख कार्यकारी अधिकृत होम बहादुर श्रेष्ठ लगायतको उपस्थितिमा चेक हस्तान्तरण गरेको कम्पनीले जनाएको छ ।

Prabhu
Crest

चेक हस्तान्तरण कार्यक्रममा अध्यक्ष श्रेष्ठले विषम परिस्थितीमा जीवन बीमाले बिमितको आश्रित परिवारलाई ज्यादै महत्वपूर्ण सहयोग पु¥याउने धारणा व्यक्त गर्दै बीमितलाई छिटो छरितो जीवन बीमा सेवा र दाबी भुक्तानी दिने कार्यमा एशियन लाइफ इन्स्योरेन्स प्रतिबद्ध रहेको बताए ।

स्वर्गिय महराले एशियन लाइफ इन्स्योरेन्स कम्पनीमा ७५ लाखको वार्षिक धन लाभ, २५ लाखको दम्पत्ति सुरक्षा प्लस र ६ लाखको १५ वर्षे अग्रिम भुक्तानी सावधिक जीवन बीमा गराएका थिए । कूल बीमांक रकम १ करोड ६ लाख रुपैयाँमा दुर्घटना मृत्यु लाभ र बोनश रकम समेत जम्मा १ करोड ८४ लाख १४ हजार ५ सय ५८ रुपैयाँ मृत्यु दाबी भुक्तानी गरिएको हो ।

स्वर्गिय महराले बीमा शुल्क वार्षिक धन लाभ जीवन बीमामा ६ लाख १५ हजार १ सय ८८, दम्पत्ति सुरक्षामा ५ लाख ९३ हजार ७ सय ४५ र अग्रिम भुक्तानी सावधिकमा २ लाख ९४ हजार ९ सय ६ रुपैयाँ समेतगरी जम्मा १५ लाख ३ हजार ८ सय ३९ बीमा शुल्क बापतको रकम यस कम्पनीमा जम्मा गरेका थिए ।
सिन्धुपाल्चोकको मेलम्ची वडा नम्बर १० स्थायी घर भएका बीमित महराको ३३ वर्षको उमेरमा २०७८ जेठ १ गते कोरोना संक्रमणका कारण निधन भएको थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS