IME Life

ओरिएण्टल इन्स्योरेन्सको मुनाफा ६० प्रतिशतले घट्यो, बीमा कोषमा ९७ करोड ८६ लाख रुपैयाँ

SPIL
NIC ASIA

काठमाडौं । ओरिएण्टल इन्स्योरेन्स कम्पनीको मुनाफा ६० प्रतिशतले घटेको छ । कम्पनीले गत आर्थिक वर्ष २०७७/७८ मा २६ करोड ३० लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । जवकी अघिल्लो आर्थिक वर्ष २०७६/७७ मा कम्पनीले ६६ करोड ७४ लाख रुपैयाँ आर्जन गरेको थियो ।

खुद बीमा शुल्क आर्जन र कुल बीमा शुल्क आर्जनमा भने उल्लेख बृद्धि भएको छ । कम्पनीले गत बर्थिक वर्षमा खुद बीमा शुल्क आर्जन २९.७५ प्रतिशतले बढाएर ८६ करोड ५८ लाख रुपैयाँ आर्जन गरेको छ । त्यस्तै कुल बीमा शुल्क आर्जन पनि १६.८६ प्रतिशतले बढाएर एक अर्ब १७ करोड रुपैयाँ आर्जन गर्न सफल भएको छ ।

Prabhu
Crest

खुद दाबी भुक्तानी पनि यस वर्ष ३२ प्रतिशलते बढेको छ । कम्पनीले ४८ करोड ६२ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको हो । यसै अवधिमा कम्पनीले ३१ हजार ५८३ वटा पोलिसी बिक्री गरेको छ । भारतीय कम्पनी ओरिएण्टलको शाखा कार्यालयको रुपमा रहेको यस कम्पनीको चुक्ता पूँजी छैन । कम्पनीको जगेडा तथा कोषमा १३ करोड ९८ लाख रुपैयाँ मात्रै छ तर बीमा कोषमा ९७ करोड ८६ लाख रुपैयाँ जम्मा गर्न सफल भएको छ ।

दिर्घकालिन लगानीमा पनि उल्लेख बृद्धि भएको देखिन्छ । कम्पनीले एक अर्ब २८ करोड रुपैयाँ दिर्घकालिन लगानी गरेको छ । मुनाफामा गिरावट सँगै कर्मचारीहरुले प्राप्त गर्ने बोनस रकममा पनि भारि गिरावटा आएको छ । कम्पनीले कर्मचारीहरुको बोनसका लागि तीन करोड ७५ लाख रुपैयाँ छुट्टाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS