आज सुनको मूल्य बढ्यो, चाँदीको स्थिर

काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ । हिजो तोलामा ९० हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज बुधबार ६ सय रुपैयाँले बढेर तोलामा ९१ हजार २ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी, तेजावी सुनको मूल्य आज तोलामा ९० हजार ७ सय रुपैयाँ कायम भएको छ । हिजो तेजावी सुनको मूल्य तोलामा ९० हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । हिजो तोलामा १ हजार २ सय रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज पनि सोही मूल्यमा कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार