IME Life

नेशनल माइक्रोफाइनान्सको संस्थापक शेयर आजदेखि लिलामीमा विक्री खुला

SPIL
NIC ASIA

काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको ३६ हजार ५०० कित्ता संस्थापक शेयर आजदेखि लिलामीमा विक्री खुला भएको छ । कम्पनीले प्रतिकित्ता १ हजार २२ रुपैयाँ मूल्य तोकेर असोज १३ गतेसम्म गोप्य शिलबन्दी पेश गर्न सकिने शेयर लिलामीमा ल्याएको हो ।

कम्पनीले यसअघि गत चैत ३१ गतेदेखि जेठ ३ गतेसम्म विद्यमान संस्थापकहरुलाई प्राथमिकतामा राखी शेयर विक्रीको आव्हान गरेको थियो । उक्त अवधिभित्र विद्यमान शेयरधनीहरुबाट आवेदन नपरेपछि विद्यमान संस्थापक सहित अन्य सर्वसाधारणले खरीद गर्न सक्ने गरी पुनः यो शेयर विक्रीमा आएको हो ।

Prabhu
Crest

शेयर खरीदका लागि बोलकबोल गर्दा तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नु पर्नेछ । न्यूनतम १०० कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म खरीद गर्न सकिने छ । शेयर विक्री प्रबन्धकमा आरविवि मर्चेण्ट बैंकिङ लिमिटेड रहेको छ ।

तोकिएको अवधिभित्र प्राप्त आवेदन असोज १४ गते बिहान ११ बजे विक्री प्रबन्धकको कार्यालय, टेकु, काठमाडौंमा खोलिने संस्थाले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS