सांग्रिला डेभलपमेन्ट बैंकले पायो डीपी लाइसेन्स

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले डीपी लाइसेन्स पाएको छ।  बैंक र सिडिएससि बीच निक्षेप सदस्यता सम्बन्धी सम्झौता  सम्पन्न भएको छ ।  बैंकले आफ्ना ९६ वटै शाखा कार्यालयहरु मार्फत यथासक्य चाडो  निक्षेप सदस्यको रुपमा  सर्बसाधारणलाई सेवा सुविधा प्रदान गर्नेछ ।

सिडिएससिको कार्यलयमा एक कार्यक्रमका बीच  बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठ  र सिडिएससिको तर्फबाट प्रमुख कार्यकारी अधिकृत पूर्ण प्रसाद आर्चायले संयुक्त रुपमा सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्  । हाल सिडिएससिबाट ७९ वटा संस्थाहरुले निक्षेप सदस्यता प्राप्त गरेका छन् । बैंकले निक्षेप सदस्य सम्बन्धी कार्यहरु शीघ्र संञ्चालनमा ल्याउने योजना बनाएको छ ।

बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर ९६ शाखा कार्यालयहरु, ३१ एटिएम, साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार