IME Life

सानिमा लाइफका शेयरधनीले कमाए ७ हजार २८० रुपैयाँ, म्युचुअल फण्डले बिक्री नगर्दा आज पनि सर्किट

SPIL
NIC ASIA

काठमाडौं । सानिमा लाइफको प्राथमिक शेयरधनीले दोस्रो बजारमा कारोबार खुलेको ९ औ दिनमै ७ हजार २८० रुपैयाँ कमाएका छन् । प्राथमिक बजारबाट १० कित्ता शेयर खरिद गर्ने शेयरधनीहरुको दोस्रो बजारमा प्रति कित्ता ७२८ रुपैयाँ पुगेको छ ।

लगातार ९ औ दिनसम्म सर्किट लाग्ने क्रममा बजार मूल्य ७२८ रुपैयाँ कायम भएको छ । दोस्रो बजारमा अहिलेसम्म एक करोड १५ लाख रुपैयाँको खरिद बिक्री भइसकेको छ । जसमा १६ हजार ७७० कित्ता मात्रै बिक्री भएको छ । अहिलेसम्म दोस्रो बजारबाट शेयर खरिद गर्नेहरुले बिक्री गर्न भ्याएका छैनन् । म्युचुअल फण्डहरुले पनि अझै शेयर बिक्री नगरिसकेकोले पनि कम्पनीको शेयर मूल्यमा आज पनि सर्किट लाग्यो । अहिले बीमा कम्पनीको शेयर मूल्य तल्लो विन्दुमा छ । कुनै पनि वेलामा बीमा कम्पनीको शेयर उछाल आउन सक्ने अनुमान गर्दै म्युचुअल फण्डले आफ्नो भागको शेयर बिक्री नगरेका हुन् ।

Prabhu
Crest

म्युचुअल फण्डहरुले शेयर बिक्री नगर्दा दोस्रो बजारमा खासै सप्लाइ हुँदैन । प्राथमिक शेयरधनीहरुले मात्रै बिक्री गर्दा आज कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढ्यो । आज सबैभन्दा धेरै १३ सय ३२ वटा कारोबार भयो ।

कम्पनीले गत भदौ १७ गतेदेखि दोस्रो बजारमा कारोबार खुला गरेको थियो । नेप्सेले पहिलो कारोबारका लागि न्युनतम १०९ रुपैयाँ १७ पैसादेखि अधिकतम ३०९ रुपैयाँ ५१ पैसासम्मको रेञ्ज तोक्दा ३०९ बाट कारोबार सुरु भएको थियो ।

नेप्सेले तोकेको अधिकतम रेञ्जबाट पहिलो कारोबार हुँदा पहिलो दिनमै सकारात्मक सर्किट लागेर ३३९ रुपैयाँ पुग्यो थियो । पहिलो दिनमै ४३३ कित्ताको शेयर खरिद बिक्री भएको भयो ।

कम्पनीले श्रावण २० गतेबाट आफ्नो जारी पूँजी दुई अर्बमध्ये ३० प्रतिशत अर्थात ६० करोड रुपैयाँ बराबरको प्रति शेयर रु. १०० अंकित दरका ६०,००,००० कित्ता प्राथमिक शेयर निष्काशन गरेको थियो । कम्पनीले उक्त तीन लाख कित्ता मध्ये ५ प्रतिशत शेयर कर्मचारीहरुलाई र ३,००,००० कित्ता अर्थात कुल निष्काशनको ५ प्रतिशत शेयर सामुहिक लगानी कोषको लागि सुरक्षित गरी बाँकी ५४,००,००० कित्ता शेयर सर्वसाधारणलाई बिक्री गरेको थियो । कम्पनीको प्राथमिक शेयरमा आवेदन दिने २४ लाख मध्ये ५ लाख ४० हजारले मात्रै १०/१० कित्ताका दरले शेयर प्राप्त गरेका थिए ।

दोस्रो बजारमा सूचिकृत बीमा कम्पनीहरु मध्ये सानिमा लाइफको पनि भर्खरै प्राथमिक शेयर निष्काशन गरेका कम्पनीको मूल्य ७ सय भन्दा तल छ । तर सुरुका दिनमा सप्लाइ कम हुँदा मूल्य स्वभाविक रुपमा बढिरहेको छ ।

हाल दोस्रो बजारमा बीमा कम्पनीको शेयर मूल्य अण्डर भ्यालु छ । बीमा समितिले कम्पनीहरुलाई जथाभावी हकप्रद शेयर निष्काशनका रोक लगाए सँगै मूल्य बढ्न सकेको छैन । दोस्रो बजार पुर्ण रुपमा सूचनाको बजार हो । सूचना भएका कम्पनीको मूल्यमा उछाल आउने र सूचना नभएका कम्पनीको मूल्यमा भने खासै सुधार हुँदैन ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS