यी हुन् आज सर्वाधिक कारोबार भएका कम्पनी

काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक १८ दशमलव ५४ अंकले घटेर २,९२९ दशमलव २९ को विन्दुमा कायम भएको छ । आज ५ अर्ब १९ करोड ५२ लाख ९५ हजार रुपैयाँको शेयर कारोबार हुँदा सबैभन्दा धेरै अरुण भ्याली हाइड्रोपावर कम्पनीको कारोबार भएको छ । कम्पनीको २७ करोड ३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

त्यस्तै, आज रैराङ हाइड्रोपावर कम्पनीको २२ करोड ७९ लाख रुपैयााको शेयर कारोबार भएको छ । यूनाइटेड मोदी हाइड्रोपावर कम्पनीको २२ करोड ३४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनआइसी एशिया बैंकको १५ करोड ७३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेशनल हाइड्रोपावर कम्पनीको ११ करोड ८७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार