IME Life

नेपाल टेलिकमले सुरु गर्यो ‘नमस्ते पे’ मोबाइल भुक्तानी सेवा

SPIL
NIC ASIA

काठमाडौं । नेपाल टेलिकमले आजदेखि ‘नमस्ते पे’ मोबाइल भुक्तानी सेवाको शुभारम्भ गरेको छ । राष्ट्रिय बाणिज्य बैंक सहितको संयुक्त लगानीमा स्थापना भएको नेपाल डिजिटल पेमेन्ट कम्पनीले आजदेखि प्रारम्भिक चरणको व्यवसायिक सञ्चालन गरेको हो ।

नेपाल राष्ट्र बैंकले गत चैतमा यस कम्पनीलाई मोबाइल भुक्तानी सेवा सञ्चालनका लागि अनुमति दिएको थियो । विगत दुई वर्ष भन्दा लामो समयको प्रयास पछि आज बल्ल प्रारम्भिक चरणको सेवा शुभारम्भ गर्न लागेको हो ।

Prabhu
Crest

डिजिटल वालेटको रुपमा नेपाल टेलिकमका ग्राहकहरुले आफ्नो मोबाइल नम्बरबाट प्रयोग गर्न सक्ने छन् । मोबाइल नम्बरकै माध्यमबाट पैसा जम्मा गर्ने तथा भुक्तानी गर्न सक्ने सुविधा रहेको छ । विना इन्टरनेट पनि सञ्चालन गर्न सकिने भएकाले ग्राहकहरुका लागि सजिलो हुने कम्पनीले जनाएको छ ।

नमस्ते पेमा नेपाल टेलिकमले २५ करोड र राष्ट्रिय बाणिज्य बैंकले १५ करोड रुपैयाँ लगानी गरेका छन् । संयुक्त रुपमा ४० करोड रुपैयाँ लगानी रहेको नमस्ते पेमा टेलिकमको हिस्सा ६३ प्रतिशत र बैंकको ३७ प्रतिशत रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS