IME Life

ज्योति लाइफद्धारा मृतकको परिवारलाई १० लाख बीमा दाबी भुक्तानी

SPIL
NIC ASIA

काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले तेह्रथुमका बीमितको निधनपछि परिवारलाई बीमा वापतको दाबी भुक्तानी हस्तान्तरण गरेको छ । सवारी दुर्घटनाका कारण ज्यान गुमाएका म्याङलुङ नगरपालिका–२ निवासी यमबहादुर लिम्बुको छोरालाई कम्पनीले मृत्यु दाबी भुक्तानी रकम हस्तान्तरण गरेको हो ।

कम्पनीको तेह्रथुम उपशाखाले एक औपारिक कार्याक्रमको आयोजना गरि मृतकका छोरा सेन्छेहाङ लिम्बुलाई १० लाख रुपैयाँको चेक हस्तान्तरण गरेको हो। उक्त चेक म्याङलुङ नगरपालिकाका प्रमुख संजयकुमार तुम्बाहाङफेले हस्तान्तरण गरेका हुन् ।

Prabhu
Crest

ज्योति लाइफको सुरक्षित बचत जीवन बीमा योजना अन्तर्गतको बीमालेख लिएका यमबहादुर लिम्बुको गत साउन २ गते सवारी दुर्घटनाका कारण मृत्यु भएको थियो । लिम्बुले रु।५ लाखको विमा गरेर कम्पनीमा २ किस्ता बुझाएका थिए ।

दुर्घटना विमा अन्र्तगत विमाङकको दोब्बर १० लाख र ५० हजार बोनस पिडित परिवारलाई प्रदान गरिएको ज्योती लाईफ कम्पनी तेह्रथुमका उप–शाखा प्रमूख ठाकुर सेनेहाङले जानकारी दिनुभयो ।

मृत्यू दावी भुक्तानी कार्यक्रममा नगर प्रमुख , म्याङलुङ नगरपालिका १ नं.वडाध्यक्ष,२ नं.वडाध्यक्ष,पत्रकार,समाजसेवी तथा स्थानीयबासीको सहभागिता रहेको थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS