IME Life

निर्जीवन बीमा कम्पनीले झण्डै २० अर्ब रुपैयाँको दाबी भुक्तानी गर्न बाँकी, एक वर्षमै ४३ प्रतिशतले बढ्यो

SPIL
NIC ASIA

काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुले समयमा दाबी भुक्तानी नगर्दा गत वर्षमा मात्रै ४३ प्रतिशतले बढेको छ । कोरोना बीमाको दाबी भुक्तानी नदिएर आलोचित बन्दै आएका बीमा कम्पनीहरुले गत आर्थिक वर्षमा मात्रै १९ अर्ब ८६ करोड रुपैयाँको दाबी भुक्तानी गर्न बाँकी रहेको छ ।

अघिल्लो आर्थिक वर्ष २०७६/७७ मा पनि निर्जीवन बीमा कम्पनीहरुले १३ अर्ब ८८ करोड रुपैयाँको दाबी भुक्तानी गर्न बाँकी थियो । उक्त वर्ष ३६ हजार ५२९ वटा पोलिसीको दाबी भुक्तानी हुन सकेको थिए । निर्जीवन बीमा कम्पनीहरुको शाखः त्यतिवेला बढ्छ जतिवेला उनिहरुले समयमा दाबी भुक्तानी गर्छन् । तर नेपालका बीमा कम्पनीहरुले विभिन्न बहानामा दाबी भुक्तानी गर्दैनन् । कहिले सर्भेयरको कारणले त कहिले आवस्यक काजपत्र पुरा नभएको भन्दै वर्षौसम्म दाबी भुक्तानी नगरेका धेरै उदाहरण छन् ।

Prabhu
Crest

कम्पनीहरुले समयमा दाबी भुक्तानी नगर्दा हरेक वर्ष बीमा समितिमा उजुरीको चाङ पनि थपिइरहेको छ । अझै पछिल्लो समय कोभिड १९ का कारण बीमा क्षेत्र नै आलोचित बन्दै गइरहेको छ । अघिल्लो आर्थिक वर्ष २०७६।७७ मा निर्जीवन बीमा कम्पनीबाट बीमितले भुक्तानी पाउनुपर्ने रकम १३ अर्ब ८८ करोड ८२ लाख रुपैयाँ रहेको थियो । अघिल्लो आ.व.मा ८२ हजार ४ सय १३ वटा बीमालेख अन्तर्गत यो दाबी भुक्तानी गरिएको थियो ।

सबैभन्दा धेरै दाबी भुक्तानी गर्न बाँकी रकम प्रिमियर इन्स्योरेन्सको रहेको छ । प्रिमियरले आफ्नो बीमितलाई २ अर्ब ५८ करोड ३४ लाख रुपैयाँ दाबी भुक्तानी गर्न बाँकी छ । त्यसैगरी शिखर इन्स्योरेन्सले दोश्रो धेरै दाबी भुक्तानी गर्न बाँकी रहेको छ । शिखरले २ अर्ब १ करोड रुपैयाँ दाबी भुक्तानी गरेको छैन । तेश्रो सर्वाधिक दाबी भुक्तानी बाँकी रहेकोमा सगरमाथा इन्स्योरेन्स रहेको छ । सगरमाथा इन्स्योरेन्सले १ अर्ब ७७ करोड २५ लाख रुपैयाँ दाबी भुक्तानी गर्न बाँकी छ ।

बीमा समितिको सहजीकरणमा कोरोना महामारीको बीमालेख बिक्री गरेका निर्जीवन बीमा कम्पनीले बीमितलाई ६ अर्ब रुपैयाँभन्दा बढी रकम भुक्तानी गर्न बाँकी रहेको छ । सरकारले आफ्नो जिम्माको रकम ११ अर्ब रुपैयाँ भुक्तानी नदिएको हुँदा बीमितलाई बीमावापतको रकम भुक्तानी गर्न नसक्ने भन्दै गत चैत महिनामै बीमा कम्पनीहरुले हात उठाइ सकेका छन् ।

दाबी भुक्तानी ४२ प्रतिशतले बढ्योः

निर्जीवन बीमा कम्पनीहरुले दाबी भुक्तानी गर्न बाँकी रकम ३८ प्रतिशत भन्दा बढी वृद्धि हुँदा दाबी भुक्तानी गरेको रकम समेत ४२ प्रतिशतले वृद्धि भएको छ । निर्जीवन बीमा कम्पनीहरुले प्रकाशन गरेको तथ्यांक अनुसार गत असार मसान्तसम्ममा १७ अर्ब ४ करोड ४६ लाख रुपैयाँ दाबी भुक्तानी गरिएको छ । १ लाख ४८ हजार ८७ वटा बीमा दाबी अन्तर्गत यो दाबी रकम भुक्तानी गरिएको हो । यद्दपी यो तथ्यांकमा ओरियन्टल इन्स्योरेन्सको तेश्रो त्रैमासिक प्रतिवेदनको विवरण मात्र समावेश गरिएको छ ।

सर्वाधिक दाबी भुक्तानी गर्नेमा शिखर इन्स्योरेन्स कं. लि. रहेको छ । शिखर इन्स्योरेन्सले १९ हजार १ सय ८१ वटा दाबी अन्तर्गत १ अर्ब ९८ करोड ६२ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ । त्यसैगरी दोश्रो स्थानमा रहेको हिमालयन जनरल इन्स्योरेन्सले ७ हजार ३ सय ८४ वटा दाबी अन्तर्गत १ अर्ब ७५ करोड ४७ लाख रुपैयाँ दाबी भुक्तानी गरेको त्रैमासिक प्रतिवेदनमा उल्लेख छ । भुक्तानी रकमको आधारमा तेश्रो स्थानमा रहेको एनलजी इन्स्योरेन्स कं.लि.ले ८ हजार ३ सय ३९ वटा दाबी अन्तर्गत १ अर्ब ३४ करोड ४२ लाख रुपैयाँ भुक्तानी गरेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS