IME Life

अभिकर्तालाई दिने कर्जा नरोक्न बीमा कम्पनीहरुको आग्रह

SPIL
NIC ASIA

काठमाडौं । प्रदेश एक र दुई नम्बरका क्षेत्रीय प्रमुख तथा शाखा प्रमुखहरुले अभिकर्ताहरुलाई प्रवाह गर्ने कर्जामा रोक नलगाउन बीमा समिति समक्ष अनुरोध गरेका छन् । बीमा समितिका निर्देशक दिनेशलाल कर्णको नेत्रृत्वमा गएको टोलि सँगको छलफलमा उनिहरुले यस्तो बताएका हुन् ।

बीमा समितिले गत बैशाखदेखि अभिकर्ताहरुलाई प्रवाह हुँदै आएको कर्जा रोक्न तथा प्रवाह भएको कर्जा पनि फिर्ता लिन निर्देशन दिएको थियो । यसरी अभिकर्ताहरुलाई प्रवाह हुँदै आएको कर्जालाई नरोक्न प्रदेश नम्बर एक र दुईका प्रमुखहरु तथा प्रदेश नम्बर एकका बीमा कम्पनीका शाखा प्रमुखहरुले यस्तो अनुरोध गरेका हुन् ।

Prabhu
Crest

बीमा समितिले अभिकर्ताहरुलाई प्रवाह भएको घर गाडी कर्जामा कडाइ नगरेको तर अन्य किसिमका कर्जामा भने रोक लगाएको निर्देशक कर्णले जनाएका थिए । बीमा कम्पनीहरुले विना धितो अभिकर्ताहरुलाई करोडौं रुपैयाँ कर्जा दिन थाले पछि समितिले कडाइ गरेको हो । अभिकर्ताहरुलाई करोडौ रुपैयाँ कर्जा दिएर टार्गेट पुर्याउन लगाउने प्रवृत्तीका कारण समितिले बाध्य भएर रोक लगाउनु परेको थियो । बीमा समितिको यस्तो कदम पछि अभिकर्ताहरुले विरोध जनाउदै आएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS