IME Life

हाइड्रोपावरको शेयरमा कर्नरिङ भएको भन्दै छानविन गर्न धितोपत्र बोर्डमा निवेदन

SPIL
NIC ASIA

काठमाडौं । अधिकाम्स हाइड्रोपावर कम्पनीमा इन्साइडर ट्रेडिङ भएको भन्दै एक लगानीकर्ताले नेपाल धितोपत्र बोर्डमा उजुरी हालेका छन् । ध्रव प्रसाद भट्टले हकप्रद शेयर घोषणा गरेका अरुण भ्याली हाइड्रोपावर, रिडी हाइड्रोपावर, रैराङ हाइड्रोपावर, अपर मोदी हाइड्रोपावरमा लामो समयदेखि इन्साइडर ट्रेडिङ भइरहेको भन्दै छानविनको माग गर्दै निवेदन दिएका छन् ।

उनले अरुण भ्याली हाइड्रोपावरले ५० प्रतिशत हकप्रद घोषणाको सूचना चुहावट गर्दै मूल्य बढाइरहेको आरोप लगाएका छन् । त्यस्तै रिडीले रैराङ हाइड्रोपावरमा रहेको लाखौ कित्ता होल्डीङ बिक्री गरेर प्रतिशेयर १०० रुपैयाँ आउने भन्दै सूचना चुहाइएको छ । रैराङ हाइड्रोपावरले पनि रिडी सँग मर्जर गर्ने हल्ला चलाएर मूल्य बढाइदै आएको छ । उनले अपर मोदी हाइड्रोपावरले पनि ५० प्रतिशतको हकप्रद शेयर घोषणा गर्नु अगाडि सूचना चुहाएर मूल्य बढाइएको आरोप लगाएका छन् । सूचना चुहाएर कर्नरिङ भइरहेको भन्दै भट्टले उचित छानविन गर्न अनुरोध गरेका छन् ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS