IME Life

सानिमा लाइफमा लगातार ८ औं दिन सर्किट, एक हजार लगानी गर्नेले ६६१० रुपैयाँ कमाए

SPIL
NIC ASIA

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको शेयरमा ८ औं दिन पनि सकारात्मक सर्किट लागेको छ । कम्पनीको शेयर मूल्य ६६१ रुपैयाँ पुगेको छ । गत भदौ १७ गते ३०९ रुपैयाँबाट कारोबार सुरु भएको थियो । नेप्सेले पहिलो कारोबारका लागि न्युनतम १०९ रुपैयाँ १७ पैसादेखि अधिकतम ३०९ रुपैयाँ ५१ पैसासम्मको रेञ्ज तोकेको थियो ।

Prabhu
Crest

नेप्सेले तोकेको अधिकतम रेञ्जबाट पहिलो कारोबार हुँदा पहिलो दिनमै सकारात्मक सर्किट लागेर ३३९ रुपैयाँ पुगेको थियो । पहिलो दिनमा ४३३ कित्ताको शेयर खरिद बिक्री भएको थियो । गएका सात कारोबार दिनमा २३९७ कित्ता शेयर खरिद बिक्री भएको छ । आज पनि यो समाचार तयार पार्दासम्ममा १२० कित्ताको शेयर खरिद बिक्री भएको छ ।

कम्पनीले श्रावण २० गतेबाट आफ्नो जारी पूँजी दुई अर्बमध्ये ३० प्रतिशत अर्थात ६० करोड रुपैयाँ बराबरको प्रति शेयर रु. १०० अंकित दरका ६०,००,००० कित्ता प्राथमिक शेयर निष्काशन गरेको थियो । कम्पनीले उक्त तीन लाख कित्ता मध्ये ५ प्रतिशत शेयर कर्मचारीहरुलाई र ३,००,००० कित्ता अर्थात कुल निष्काशनको ५ प्रतिशत शेयर सामुहिक लगानी कोषको लागि सुरक्षित गरी बाँकी ५४,००,००० कित्ता शेयर सर्वसाधारणलाई बिक्री गरेको थियो ।

कम्पनीको प्राथमिक शेयरमा आवेदन दिने २४ लाख मध्ये ५ लाख ४० हजारले मात्रै १०/१० कित्ताका दरले शेयर प्राप्त गरेका थिए । अहिलेसम्ममा म्युचुअल फण्डहरुले शेयर बिक्री गरेका छैनन् । म्युचुअल फण्डले गएका दिनमा शेयर बिक्री नगरेकाले पनि आज सकारात्मक सर्किट लागेको हो ।

दोस्रो बजारमा सूचिकृत बीमा कम्पनीहरु मध्ये सानिमा लाइफको पनि भर्खरै प्राथमिक शेयर निष्काशन गरेका कम्पनीको मूल्य हारारी पुगेको छ । अझै दोस्रो बजारमा शेयर सप्लाइ नभएकोले केहि दिन बढ्न सक्ने देखिन्छ । अर्को तर्फ म्युचुअल फण्डले शेयर बिक्री गर्न बाँकी रहेकाले पनि तत्कालै मूल्य घटिहाल्ने देखिदैन ।

हाल दोस्रो बजारमा बीमा कम्पनीको शेयर मूल्य अण्डर भ्यालु छ । बीमा समितिले कम्पनीहरुलाई जथाभावी हकप्रद शेयर निष्काशनका रोक लगाए सँगै मूल्य बढ्न सकेको छैन । दोस्रो बजार पुर्ण रुपमा सूचनाको बजार हो । सूचना भएका कम्पनीको मूल्यमा उछाल आउने र सूचना नभएका कम्पनीको मूल्यमा भने खासै सुधार हुँदैन ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS