IME Life

बीमितसँग उठाएको प्रिमियमको ११ प्रतिशत व्यवस्थापनमै खर्चिन्छन् जीवन बीमा कम्पनी

SPIL
NIC ASIA

काठमाडौं । जीवन बीमा कम्पनीहरुले बीमितहरु सँग संकलन गरेको बीमा शुल्कको झण्डै ११ प्रतिशत रकम व्यवस्थापनका लागि खर्चिने गरेका छन् । कम्पनीहरुले बीमित सँग उठाएको ठुलो रकम व्यवस्थापनकै लागि खर्चिदा यसको प्रत्यक्ष प्रभाव बीमितले प्राप्त गर्ने पोलिसी बोसन दरमा पर्नेछ ।

यस बाहेक अझै अभिकर्ताले कमिसन तथा इन्सेन्टिभ प्राप्त गर्छन् । कम्पनीहरुले कुल बीमा शुल्कको ५० प्रतिशत भन्दा धेरै प्रथम बीमा शुल्क आर्जन गर्ने गरेकाले अभिकर्ता कमिसन धेरै नै छ । बीमा कम्पनीहरुलाई पहिलो दोस्रो भन्दा पनि त्यस पछिका बीमा शुल्क आर्जनबाट मात्रै राम्रो फाइदा हुन्छ ।

Prabhu
Crest

गत आर्थिक वर्ष २०७७/७८ जीवन बीमा कम्पनीहरुले एक खर्ब २१ अर्ब रुपैयाँ बीमा शुल्क आर्जन गरेका थिए । त्यस्तै व्यवस्थापन खर्च १३ अर्ब १६ करोड रुपैयाँ रहेको छ । यो खर्च कुल बीमा शुल्क आर्जनको १०.८७ प्रतिशत हो ।

सबैभन्दा धेरै व्यवस्थापन खर्च नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको २ अर्ब ४३ करोड रुपैयाँ रहेको छ । यस्तो खर्च कुल बीमा शुल्क आर्जनको ७.५३ प्रतिशत हो । त्यस्तै दोस्रो धेरै बीमा शुल्क आर्जन गरेको एलआईसी नेपालको व्यवस्थापन खर्च जम्मा ९० करोड १७ लाख रुपैयाँ मात्रै छ । कुल बीमा शुल्क आर्जनमा व्यवस्थापन खर्चको हिस्सा ५.२६ प्रतिशत मात्रै छ ।

तेस्रो धेरै बीमा शुल्क आर्जन गरेको नेशनल लाइफको व्यवस्थापन खर्च एक अर्ब १३ करोड रुपैयाँ छ । कुल बीमा शुल्क आर्जनमा व्यवस्थापन खर्चको हिस्सा ९.०४ प्रतिशत छ । पुराना जीवन बीमा कम्पनीहरु सँग तुलना गर्दा नेशनल लाइफको व्यवस्थापन खर्च धेरै देखिन्छ ।

मेट लाइफको व्यवस्थापन खर्च कुल बीमा शुल्क आर्जनको ९.७८ प्रतिशत, एशियन लाइफको १३.९५ प्रतिशत, प्राइम लाइफको १४.९३ प्रतिशत, सूर्या लाइफको १५.७६ प्रतिशत, गुराँस लाइफको १३.७६ प्रतिशत खर्च देखिन्छ । राष्ट्रिय बीमा संस्थानको व्यवस्थापन खर्च भने धेरै कम छ । कुल बीमा शुल्क आर्जनको २.४२ प्रतिशत मात्रै व्यवस्थापनका लागि खर्च हुने गरेको छ ।

व्यवसाय विस्तारमा आक्रामक नयाँ जीवन बीमा कम्पनीहरुको व्यवस्थापन खर्च उच्च

जीवन बीमा व्यवसाय विस्तारमा नयाँ कम्पनीहरुको व्यवस्थापन खर्च आकासिएको छ । पुराना जीवन बीमा कम्पनीहरुले कुल बीमा शुल्क आर्जनको १० प्रतिशत व्यवस्थापनका लागि खर्च गर्दै गर्दा नयाँ कम्पनीहरुको भने भने २० प्रतिशत भन्दा माथि छ ।

नयाँ कम्पनीहरुले शाखा विस्तारका साथै कर्मचारी थपिरहेका छन् । अर्को तर्फ अभिकर्तालाई आकर्षित गर्नका लागि पनि विभिन्न शिर्षकमा खर्च गरिरहेका छन् । नयाँ कम्पनीहरुमा टेक्निकल जनशक्तिको कमि छ । साथै उच्च तहका कर्मचारीहरुको परिपुर्तीका लागि अर्को कम्पनीबाट तान्नु पर्ने बाध्यताले पनि खर्च बढिरहेको छ ।

प्रमुख शहरहरुमा मात्रै केन्द्रित बीमा कम्पनीहरुले शहरउन्मुख क्षेत्रमा पनि शाखा तथा उपशाखा खोलिरहेका छन् । शाखा कार्यालय विस्तार गर्ने वित्तीकै स्वतः व्यवस्थापन खर्च बढ्छ । अझै केहि वर्ष नयाँ बीमा कम्पनीहरुको व्यवस्थापन खर्चको बृद्धिदर उच्च रहने देखिन्छ । पुराना कम्पनीहरुले लगभग प्रमुख स्थानमा शाखा विस्तार गरिसकेका छन् । अझ यस वर्ष कोभिड १९ का कारण धेरै औपचारिक कार्यक्रम हुन सकेन । कार्यक्रम कम हुने वित्तीकै कम्पनीको खर्च घट्छ ।

यस वर्ष बीमा शुल्कको आधारमा प्रभु लाइफको व्यवस्थापन खर्च सबैभन्दा धेरै छ । प्रभुको व्यवस्थापन खर्च कुल बीमा शुल्क आर्जनको २७.६९ देखिन्छ । गत वर्ष मात्रै कम्पनी ४० करोड ३३ लाख रुपैयाँ खर्चिएको छ । अघिल्ला वर्षमा व्यवसाय विस्तारमा सुस्त रहेको प्रभुले गत वर्ष राम्रो व्यवसाय गर्यो । अर्को तर्फ प्राथमिक शेयर निष्काशनका क्रममा पनि केहि खर्च बढ्न गएको हो ।

त्यस्तै महालक्ष्मी लाइफको पनि कुल बीमा शुल्क आर्जनको २७.२२ प्रतिशत व्यवस्थापनका लागि खर्च हुन्छ । कम्पनीले गत वर्ष ३३ करोड २६ लाख रुपैयाँ खर्च गरेको छ । नयाँ मध्ये बीमा शुल्कको आधारमा कम व्यवस्थापन खर्च युनियनको देखिन्छ । युनियनले एक अर्ब ५ करोड रुपैयाँ व्यवस्थापन खर्च गरेको छ । तर सबैभन्दा धेरै व्यवस्थापन खर्च गर्ने तर्फ भने युनियन चौथो नम्बरमा रहेको छ ।  सन नेपाल, ज्योति  र रिलायन्सको व्यवस्थापन खर्च कुल बीमा शुल्क आर्जनको २० प्रतिशत छ । आइएमई लाइफको १९.२० प्रतिशत, सानिमा लाइफको १९.४४ प्रतिशत, सिटिजन लाइफको १८.३६ प्रतिशत, रिलायबल नेपालको १७.१९ प्रतिशत व्यवस्थापनका लागि खर्च भएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS