अरुण काबेली पावरको साधारण सभा सम्पन्न, हकप्रद र लाभांशको प्रस्ताव पारित

काठमाडौं । अरुण काबेली पावर कम्पनीको ११ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा हिजो शनिवार भदौ २६ प्रधान कार्यालय ट्रेड टावर थापाथलीमा सम्पन्न भएको हो ।

सभाले १७ प्रतिशत बोनस शेयर र शून्य दशमलव ८९ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारित गरेको छ । साथै १७ प्रतिशत बोनस शेयर वितरणपछि कम्पनीको चुक्ता पूँजी १ अर्ब ८५ करोड ५२ लाख पुग्नेछ । सोही पूँजीको आधारमा शतप्रतिशत अर्थात् १ः१ को अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव पनि साधारण सभाले पारित गरेको छ ।

हाल कम्पनीको सञ्चालक समितिमा ७ जना सञ्चालकहरु रहेकाले उक्त संख्यालाई घटाएर ५ जनामा सीमित गर्ने प्रस्ताव पनि सभाले पारित गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार