अब बैंक खातामा खल्तीबाट निःशुल्क रकम पठाउन सकिने

काठमाडौं । खल्तीबाट अब बैंक खातामा निःशुल्क रकम ट्रान्सफर गर्न सकिने अफर सञ्चालनमा ल्याएको छ । अनलाईन भुक्तानी सेवा प्रदायक कम्पनी, खल्ती डिजिटल वालेटले ग्राहकहरुको अमुल्य प्रतिक्रिया तथा सुझावलाई मध्यनजर गर्दै यस्तो अफिर संचालनमा ल्याएको जनाएको छ ।

यस सेवा अन्तर्गत ग्राहकहरुले खल्तीबाट आफ्नो एक बैंक खाता सेभ गरी त्यसमा प्रत्येक अंग्रेजी महिनाको अधिकतम ५ पटक वा ५ हजार रूपैयाँ र दैनिक ३ पटक वा ५ हजार रूपैयाँसम्मको रकम निःशुल्क ट्रान्सफर गर्न सक्ने जनाएको छ ।

त्यसैगरी खल्तीबाट खल्तीमा उपलब्ध कुनै पनि बैंकमा रकम ट्रान्सफर गर्ने जोकोहीले ५० प्रतिशत सम्मको क्यास ब्याक पाउनेछन् । जस्तै, यदी बैंक ट्रान्सफर शुल्क २० रूपैयाँ भएमा १० रूपैयाँ क्यास ब्याक तुरुन्तै प्राप्त गर्न सकिने समेत खल्तिले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार