IME Life

साढे ५ अर्बको पूँजी लिएर आउन खोजेको भारतको एसबीआई लाईफ इन्स्योरेन्सलाई किन रोकियो, यस्तो छ कारण

SPIL
NIC ASIA

काठमाण्डौं । भारतीय लगानीको एलआइसी नेपाल जीवन बीमा कम्पनीबाहेक अर्को भारतीय जीवन बीमा कम्पनी पनि नेपालमा पाँच वर्ष पहिले नै नेपाल आउन चाहेको खुलासा भएको छ ।

एसबीआई बैंक मुख्य प्रवर्द्धक रहेको एसबीआई लाईफ इन्स्योरेन्सले नेपालमा जीवन बीमा सेवा प्रदान गर्ने उद्देश्यले सन् २०१६ नोभेम्बरमा बीमा समिति समक्ष प्रस्ताव पेश गरेको थियो ।

Prabhu
Crest

नेपालमा ५ करोड अमेरिकी डलर अर्थात् तत्कालीन विनिमय दर अनुसार ५ अर्ब ५० करोड अर्ब रुपैयाँ चुक्ता पूँजीसहितको संयुक्त लगानीको जीवन बीमा कम्पनी स्थापना गर्न प्रस्ताव पेश गरिएको थियो । फ्रान्समा मुख्यालय रहेको बिएनपि परिबास कार्डिफ, सिंगापुरी लगानी कोष टेमासेक होल्डिङ्स र अमेरिकी निजी शेयर लगानी कम्पनी केकेआर र एसबीआई बैंकसमेतको संयुक्त लगानी रहने गरी कम्पनी संचालनको प्रस्तावना गरिएको थियो ।

तर प्रस्तावकले तोकेको समयसीमाभित्र सकारात्मक जवाफ नपाएपछि लगानीको योजना तुहिएको हो । बीमा समितिले तत्कालिन समयमा १० वटा जीवन बीमा कम्पनीहरुलाई लाइसेन्स दिएर सम्पुर्ण प्रकृयाँ बन्द गरेपछि आएकाले प्रकृयाँ नै अगाडी नबढेको बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले जानकारी दिए ।

तत्कालिन समयमा जीवन बीमाको न्युनतम चुक्ता पूँजी ५ करोड मात्रै थियो तर केहि समय पछि समितिले २ अर्ब पुर्यायो । तर एसबिआईले ५० करोड अमेरिकी डलर चुक्ता पूँजी सहित आउन प्रस्ताव गरेको थियो ।

सन् २०१८ मा युरोपेली मुलुक नेदरल्याण्डको परराष्ट्र मन्त्रालयले सार्वजनिक गरेको नेपाल मार्केट स्टडी नामक प्रतिवेदनमा नेपालमा नीतिगत तहबाट निणर्यमा हुने ढिलासुस्ती वैदेशिक लगानीको मुख्य बाधकको रुपमा औंल्याइएको छ । सोही प्रतिवेदनले एसबिआई लाईफ इन्स्योरेन्सको प्रस्तावना सम्बन्धमा भएको ढिलासुस्तीबारे पनि उदाहरणसहित उल्लेख गरिएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS