IME Life

बीमा जागरण राष्ट्रिय अभियान कार्यक्रम, युवा सँग महालक्ष्मी लाईफ

SPIL
NIC ASIA

काठमाडौं । महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले युवा वर्गमा बीमा सम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले कम्पनीको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत “युवा संग महालक्ष्मी लाईफ” सम्बन्धी बीमा जागरण राष्ट्रिय अभियान कार्यक्रम संचालन गर्ने भएको छ । कम्पनीको संचालक समितिको मिति २०७८ भाद्र २५ गतेको निर्णय बमोजिम आश्विन महिनाबाट देश व्यापी बीमा जागरण कार्यक्रम संचालन गर्न लागिएको हो । दुई वर्षे यस अभियानमा आर्थिक वर्ष २०७८/७९ भित्र २५ वटा जिल्ला र आर्थिक वर्ष २०७९/८० मा बाँकी जिल्लामा कार्यक्रम संचालन गरिनेछ ।

यो कार्यक्रम अन्तर्गत १६ वर्ष माथिका प्लस टु अध्यन गर्ने विद्यालय र कलेजका युवाहरुलाई लक्षित गरी रोजगारका विभिन्न क्षेत्रहरुको जानकारीको साथै बीमाको बारेमा तालिम प्रदान गरिनेछ ।” काम गरि आय आर्जन गर – बीमा गरी सुरक्षित बन”  भन्ने मुल विषय वस्तुमा कम्पनीका वरिष्ठ अधिकृत, अनुभवि र सफल अभिकर्ता तथा विज्ञ व्यक्तिहरुले प्रशिक्षण दिने कार्यक्रम रहेको छ ।

Prabhu
Crest

प्रमुख कार्यकारी अधिकृतको संयोजकत्वमा देश भरिका कम्पनीका बरिष्ठ अधिकृत तथा  अगुवा अभिकर्ता सम्मिलित बीमा जागरण राष्ट्रिय अभियान केन्द्रिय समिति गठन गर्ने र जिल्ला जिल्लामा प्रभावकारी रुपमा बीमा जागरण कार्यक्रम संचालन गर्न कम्पनीको जिल्ला स्थित वरिष्ठ अधिकृतको संयोजकत्वमा जिल्ला समिति गठन गरिनेछ । प्रमुख कार्यकारी अधिकृत र उच्च व्यवस्थापनका अधिकृतहरुले कार्यक्रमको निर्धारण, संचालन र अनुगमन गर्नेछन । यही आश्विन पहिलो हप्ता धुलिखेलमा आयोजना हुने अभिकर्ता र अधिकृतहरुको भेलाले बीमा जागरण राष्ट्रिय अभियान केन्द्रिय समितिको गठन र नामावलीको घोषणा गर्ने कार्यक्रम रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS