एनआईसी एशिया ब्यालेन्सड् र ग्रोथ फण्डको इकाई मूल्य समायोजन

काठमाडौं । आज नेप्सेमा एनआईसी एशिया ब्यालेन्सड् फण्ड र एनआईसी एशिया ग्रोथ फण्डको इकाई मूल्य समायोजन भएको छ । दुवै योजनाले प्रस्ताव गरेको प्रतिफल प्रयोजनका लागि बुक क्लोज गरेसँगै नेप्सेले इकाई मूल्य समायोजन गरेको हो ।

नेप्सेले एनआईसी एशिया ब्यालेन्सड् फण्डको बिहीवार कायम अन्तिम इकाई मूल्य १४ रुपैयाँ २७ पैसाको आधारमा ३० प्रतिशत नगद लाभांश पछिको एकाइ मूल्य समायोजन गरी ११ रुपैयाँ २७ पैसा कायम गरेको छ ।

त्यस्तै, एनआईसी एशिया ग्रोथ फण्डको बिहीवार कायम अन्तिम इकाई मूल्य १५ रुपैयाँ २२ पैसाको आधारमा ३० प्रतिशत नगद लाभांश पछिको मूल्य नेप्सेले १२ रुपैयाँ २२ पैसा कायम गरेको छ ।

एनआईसी एशिया क्यापिटलको व्यवस्थापनमा सञ्चालित यी योजनाहरुले आर्थिक वर्ष ०७७/७८ को मुनाफाबाट एउटै अनुपातमा कर सहित ३० प्रतिशत लाभांश वितरण गर्न लागेका हुन् ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार