IME Life

कमजोर सामाजिक सुरक्षाः बंगलादेशमा मजदुरको सामूहिक बीमा अनिवार्य गर्ने तयारी

SPIL
NIC ASIA

काठमाण्डौं । बंगलादेशी नियामक निकाय इन्स्योरेन्स डेभलपमेन्ट एण्ड रेगुलेटरी अथोरिटी (आइडिआरए) ले बंगलादेशका सबै उद्योगहरुमा मजदूरहरुको सामूहिक बीमा अनिवार्य गर्ने भएको छ । हालै त्यहाँको उद्योगमा भएको त्रासपुर्ण घटनापछि बीमा क्षेत्रको नियामक निकायले श्रम ऐन अनुसार सबै कर्मचारी तथा मजदुरको अनिवार्य सामूहिक बीमाको लागी निर्देशन दिने तयारी गरेको हो ।

गत असार २५ गते मात्र बंगलादेशी बहुर्राष्ट्रिय कम्पनी सजिव फुड्सको राजधानी ढाकास्थित हसिम फुड्स उद्योगको पाँचतल्ले भवनमा आगलागी हुँदा त्यहाँ थुनिएका ५२ जना मजदुरको मृत्यु भएको थियो । बंगलादेशमा नाम चलेका उद्योगहरु संचालनमा रहे पनि कार्यस्थलमा सुरक्षा र मजदुरको सामाजिक सुरक्षाको अवस्था ज्यादै दयनीय रहेको छ ।

Prabhu
Crest

हालै एउटा पत्र जारी गर्दै आइडिआरएले त्यहाँको श्रम र रोजगार मन्त्रालयका सचिवलाई कार्यान्वयन रणनीति बनाउन उच्चस्तरीय सरोकारवालाहरुको बैठक बोलाउन अनुरोध गरेको छ । आईडीआरएले भर्खरै वित्तीय संस्था डिभिजनलाई श्रम मन्त्रालयमा यस मुद्दाको अनुसरण गर्न अर्को पत्र समेत पठाएको बंगलादेशी संचार माध्यमले उल्लेख गरेका छन् ।

श्रम कानूनको प्रावधान अन्तर्गत, १०० वा अधिक स्थायी कामदारहरुसँग कार्यरत कारखाना र औद्योगिक इकाईहरुको मालिकहरुले कर्मचारीहरुको लागी सामूहिक बीमा गर्नुपर्छ । आईडीआरएका अधिकारीहरु भन्छन्,सामूहिक बीमाको लागी प्रोत्साहन गर्न बीमाशुल्कमा आयकर छुट दिइएको छ , त्यसैगरी सामूहिक बीमाबाट हुने आम्दानीमा समेत आयकर छुट दिइएको छ ।

आईडीआरएका कार्यकारी निर्देशक र प्रवक्ता एसएम शकील अख्तरले भने, “बंगलादेशका अधिकांश कारखाना मालिकहरु आफ्नै स्वार्थमा व्यस्त छन्। तर उनीहरु श्रमिकहरुको हितलाई देख्दैनन्। उद्योग र कारखानाहरुको बाहेक कर्मचारी र मजदुरको बीमामा वास्ता छैन। “

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS