IME Life

सरकारले सार्वजनिक संस्थानहरुलाई कम्पनी मोडलमा लगेर शेयर बजारमा सूचिकृत गर्ने

SPIL
NIC ASIA

काठमाडौं । अर्थमन्त्री जनार्दशन शर्माले आर्थिक वर्ष २०७८/७९ को अर्थसम्बन्धी अध्यादेशहरुलाई प्रतिस्थापन गर्ने विधेयकमा सरकारको मातहत रहेका सर्वजनिक संस्थाहरुलाई पूँजी बजारमा सूचिकृत गर्दै आत्मनिर्भर र लगानीको स्रोत जुटाउन सक्षम बनाउने नीति लिइने घोषणा गरेका छन् ।

पूँजी बजारमा वित्तीय सुशासन कायम गरी सर्वसाधारण लगानीकर्ताको हित संरक्षण गर्ने शर्माले उल्लेख गरेका छन् । सरकारको मातहत रहेका सम्भाव्य सार्वजनिक संस्थानहरुलाई आवस्यकता अनुसार पूर्ण सरकारी स्वामित्वका कम्पनी मोडलमा रुपान्तरण गरि पूँजी बजारमा सूचिकृत गर्दै आत्मनिर्भर र लगानीको थप स्रोत जुटाउन सक्षम बनाउँदै लैजाने नीति लिइने उल्लेख गरेका छन् ।

Prabhu
Crest

शर्माले संस्थानहरुलाई कम्पनी मोडेलमा रुपान्तरण गर्ने घोषणा गर्दै गर्दा केहि संस्थानहरुले सर्वसाधारणका लागि शेयर जारी गर्ने बाटो खुल्न सक्ने छ । तर यसमा सर्वसाधारणलाई शेयर जारी गर्न सक्ने कुरालाई प्रष्ट सँग खुलाइएको छैन ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS