IME Life

आजदेखि नबिल ब्यालेन्सड् फण्ड ३ को १० करोड इकाई विक्री खुला

SPIL
NIC ASIA

काठमाडौं । नबिल म्युचुअल फण्ड अन्तर्गत संचालित नविल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेडले आज भदौ २५ गतेदेखि नबिल ब्यालेन्सड् फण्ड ३ निष्काशन गर्ने भएको छ । योजनाले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाई निष्काशन गर्न लागेको हो ।

कुल इकाईमध्ये १५ प्रतिशत वा एक करोड ५० लाख इकाईमध्ये कोष प्रवद्र्धक नबिल बैंकलाई १४ प्रतिशत वा न्यूनतम १ करोड ४० लाख इकाई सुरक्षित गरिएको छ भने १ प्रतिशत अर्थात् १० लाख इकाई योजना व्यवस्थापक नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेडलाई सुरक्षित गरिएको छ ।

Prabhu
Crest

बाँकी रहेको ८ करोड ५० लाख इकाई सर्वसाधारणलाई विक्री गर्न लागेको हो । उक्त फण्डमा न्यूनतम १०० देखि एक करोड इकाईसम्म आवेदन दिन पाउने व्यवस्था गरेको योजनाले जनाएको छ ।

योजनाको इकाईमा भदौ २९ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त समयमा सबै इकाई विक्री नभएमा असोज ८ गतेसम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ ।

उक्त इकाईमा आवेदकले धितोपत्र बोर्डबाट आस्बा सोवा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो शेयर वेब तथा एपबाट आवेदन दिन सक्नेछन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS