सानिमा क्यापिटलका दुई योजनाले तोके बुक क्लोज मिति

काठमाडौँ । सानिमा बैंक कोष प्रवर्द्धक रहेको सानिमा म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सानिमा इक्विटी फण्ड र सानिमा लार्ज क्याप फण्डले लाभांश वितरण गर्ने प्रयोजनका लागि बुक क्लोज मिति तय गरेका छन् ।

दुवै फण्डले लाभांश वितरण गर्ने प्रयोजनका लागि असोज १ गते, शुक्रबार बुक क्लोज गर्ने भएका छन् । त्यसैले, भदौ ३१ गतेसम्म नेप्सेमा कारोबार भई कायम हुने इकाईधनीहरूले मात्र प्रतिफल प्राप्त गर्नेछन् ।

सानिमा इक्विटी फण्डले आफ्ना इकाईधनीहरूलाई कर सहित ३३ प्रतिशत र सानिमा लार्ज क्याप फण्डले इकाईधनीहरूलाई कर सहित ४ प्रतिशतका दरले लाभांश वितरण गर्ने भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार