IME Life

आइपीओ आएका ५ जीवन बीमा कम्पनीहरुलाई दाँजेर हेर्दा

SPIL
NIC ASIA

काठमाडौं । यूनियन लाइफ, ज्योति लाइफ, प्रभु लाइफ, रिलायन्स लाइफ र सानिमा लाइफ इन्स्योरेन्स नयाँ जीवन बीमा कम्पनी भए पनि उनीहरुले  जनतालाई आईपीओ निस्काशन गरी सकेका छन् । सानिमा लाइफ इन्स्योरेन्सको आईपीओ निस्काशन भैसके पनि दोश्रो बजारमा कारोवार सुरु भैसकेको छैन । पाँच कम्पनीहरुले आर्थिक वर्ष ७७/७८ को चौथो त्रैमासको ( १२ महिनाको ) वित्तीय विवरण सार्वजनिक गरेको अवस्था छ । पाँच नयाँ तर आइपीओ निस्काशन गरिसकेका जीवन बीमा कम्पनीहरुलाई  इन्स्योरेन्स खबरले गरेको तुलनात्मक अध्ययन :

Prabhu
Crest

चुक्ता पूँजीको आधारमा : 
यूनियन लाइफ इन्स्योरेन्सको चुक्ता पुँजी २ अर्ब १५ करोड छ भने ज्योतिको २ अर्ब २० करोड , रिलायन्सको २ अर्ब १० करोड छ भने प्रभु लाइफको २ अर्ब चुक्ता पुँजी रहेको छ।  चौथो  त्रैमासको विवरण अनुसार सानिमा लाइफको चुक्ता पुँजी १ अर्ब ४० करोड रहे पनि कम्पनीले ६० करोडको आईपीओ निस्काशन गरिसकेको अवस्थामा कम्पनीको पुँजी  २ अर्ब पुग्ने छ।

जगेडा कोषको आधारमा :
जगेडा कोषमा यूनियन लाइफ अघि छ । यूनियन लाइफको जगेडा कोषमा ७६ करोड ८८ लाख संचित छ भने रिलायन्स लाइफको जगेडामा सबै भन्दा थोरै २० करोड ५२ लाख रहेको छ।

जीवन बीमा कोषको आधारमा :
जीवन बीमा कम्पनीहरुको जीवन बीमा कोषको ठुलो महत्व रहेकोमा जीवन बीमा कोषमा यूनियन लाइफ अघि छ । यूनियन लाइफको जीवन बीमा कोषमा ७ अर्ब ६५ करोड छ भने थोरैमा प्रभु लाइफको जीवन बीमा कोषमा १ अर्ब ९४ करोड रुपैयाँ संचित छ ।

बीमा शुल्क आर्जन रकमको आधारमा :
१२ महिनाको अवधिमा यूनियन लाइफले ६ अर्ब ५८ करोड खुद बीमा शुल्क आर्जन गरको छ भने सबै भन्दा थोरे प्रभु लाइफले १ अर्ब ४० करोड खुद बीमा शुल्क आर्जन गरको छ ।

खुद नाफाको आधारमा :
खुद नाफाको आधारमा प्रभु लाइफ अघि छ । यो १२  महिनाको अवधिमा प्रभु लाइफले १७ करोड ०६ लाख खुद नाफा गरेको छ भने सबै भन्दा थोरै रिलायन्स लाइफ इन्स्योरेन्सले ७ करोड १ लाख खुद नाफा गरेको छ ।

प्रभु लाइफको प्रति शेयर आम्दानी ८ रुपैयाँ ५३ पैसा छ भने रिलायन्स लाइफको सबै भन्दा थोरै प्रति शेयर आम्दानी ३ रुपैयाँ ३४ पैसा छ।

यद्यपि, जीवन बीमा कम्पनीको हकमा एक्चुअरी मुल्यांकन हुन बाँकी भएकाले खुद नाफा भने एक्चुअरी मुल्यांकन पश्चात मात्र वास्तविक आउने छ ।

किताबी मूल्यको आधारमा :
युनियन लाइफ इन्स्योरेन्सको किताबी मूल्य सबै भन्दा धेरै १३९ रुपैयाँ ७३ पैसा छ भने सबैभन्दा थोरै रिलायन्स लाइफको किताबी मूल्य ११० रुपैयाँ ८५ पैसा छ ।

बजार मूल्यको आधारमा:
अन्तिम बजार मूल्यलाई आधार मान्दा यूनियन लाइफको बजार मूल्य ८२१ रुपैयाँ छ भने रिलायन्स  लाइफको बजार मूल्य सबै भन्दा कम ७०४ रुपैँया छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS