IME Life

परिपक्व बीमालेखको सूचनाबाट बीमित बञ्चित, दाबी वापतको ठूलो रकम जीवन बीमककै खातामा

SPIL
NIC ASIA

काठमाण्डौं । जीवन बीमा सम्बन्धी अपर्याप्त जानकारी र बीमकको बठ्याइँका कारण बीमितले परिपक्व बीमाको समेत दाबी भुक्तानी समयमा पाउन सकेका छैनन् । बीमा अवधि पुरा भएपछि बीमितलाई परिपक्व दाबी भुक्तानी दिनुपर्छ । बीमाको सबै किस्ता भुक्तानी गरिसकेपछि बीमा अवधि पुरा भएको अवस्थामा बीमितले बीमांक रकम र बीमा अवधिभरको बोनश रकम मुष्ठ भुक्तानी प्राप्त गर्छन् । तर, बीमा अवधि पुरा भएको कति समयपछि वा कुन उपायबाट बीमालेखको दाबी भुक्तानी प्राप्त गर्न सकिन्छ भन्नेबारे अनविज्ञ बीमित ठूलो संख्यामा छन् । बीमा गराउने समयमा अभिकर्ताले अधुरो र अपर्याप्त जानकारी दिने भएकाले यस्तो समस्या कायमै रहँदै आएको छ ।

बीमालेख परिपक्व भएको मितिले पन्ध्र दिनभित्र सक्कल बीमालेख तथा परिचय खुल्ने कागजातहरु लिई भुक्तानी लिन आउन बीमकले बीमितलाई सूचना दिनुपर्ने प्रावधान भएपनि अधिकांश जीवन बीमकले बीमितलाई सूचना दिएका छैनन् । बीमकको दाबी भुक्तानी मार्गदर्शन २०७६को परिच्छेद ३ दफा ५ मा यो प्रावधान स्पष्टरुपमा उल्लेख गरिएको छ । तर बीमकले अल्पकालीन लाभको लागी यो प्रावधानलाई पुरै उपेक्षा गर्दे आएका छन् ।

Prabhu
Crest

बीमितलाई परिपक्व बीमालेखको दाबी भुक्तानी ढिलो गरी भुक्तानी गर्दा प्राप्त हुने ब्याज आम्दानीको कारण बीमकले बीमितलाई परिपक्व बीमालेखको दाबीबारे सूचनाबाट बञ्चित गरेका हुन् । बीमितलाई यस्तो दाबी भुक्तानी नदिएको रकमलाई बीमा समितिले तोकिदिएको क्षेत्रमा लगानी गर्दा बीमकले ब्याज आम्दानी प्राप्त गरिरहेका हुन्छन् ।

बीमालेख परिपक्व भएको मितिपछिको कुनै पनि बोनश वा ब्याज रकम बीमितले पाउँदैनन् । त्यसैले बीमितलाई भुक्तानी दिनुपर्ने रकम समेत ढिलो गरी भुक्तानी गर्ने प्रवृत्ति बीमा कम्पनीहरुमा रहेको छ । मृत्यु दाबी भुक्तानीमा बीमकले भुक्तानी दिन बाँकी रकमको प्रत्येक आर्थिक वर्षको अन्त्यमा १ सय १५ प्रतिशत जगेडा व्यवस्था गर्नुपर्ने प्रावधान भएपनि परिपक्व दाबी, अग्रिम दाबी भुक्तानीको हकमा यो नियम लागू गरिएको छैन ।

बीमितले पाउने सुविधा कटौती गर्न जीवन बीमक संघको छातामुनी एकताबद्ध भएर बीमकहरु बीमा समिति समक्ष पहल गर्दै आएका छन् । उनीहरुले बीमालेख समर्पणमा बीमितले पाउँदै वार्षिक बोनश रकममा समितिले जारी गरेको बीमालेख निर्देशिका २०७८ मार्फत् कैंची चलाउन सफल भएका छन् । निर्देशिकाले बीमालेख समर्पण गर्न आएको दिनसम्मको मात्र बोनश रकम भुक्तानी गर्न बीमकलाई बाटो खुल्ला गरिदिएको छ । यसअघि बीमकले दिनगन्तीको हिसाबले नभएर वार्षिकरुपमा बोनश रकम गणना गरेर बीमालेख समर्पणमा भुक्तानी दिंदै आएका थिए।

ब्याज सहित भुक्तानी दिनुपर्ने प्रावधान ल्याउन सुझाव
बीमा समितिले परिपक्व बीमालेखको बीमा दाबी अवधि पुरा भएपनि भुक्तानी नगरेको अवधिसम्मको ब्याज रकम समेत थपेर बीमितलाई दाबी भुक्तानी दिनुपर्ने प्रावधान लागू गर्ने हो भने बीमितलाई सूचनाबाट वञ्चित गर्ने प्रवृत्तिमा अंकुश लाग्ने अभिकर्ताको सुझाव छ । न्यूनत्तम ब्याजदर बीमा समितिले नै तोकिदिनुपर्छ,बीमा क्षेत्रका एकजना अनुभवी अधिकारीले भने,यसो हुन सक्यो भने बीमितले छिटो भुक्तानी पाउनेछन् ।
बीमितलाई पहिलो पटकमा एसएमएस,टेलिफोन र इमेलमार्फत्, दोश्रो पटकमा कम्पनीको आधिकारिक सामाजिक संजालमार्फत् जानकारी दिनुपर्ने र परिपक्व भएर पनि भुक्तानी गर्न बाँकी रहेको बीमालेख बारेको जानकारी कम्पनीको वेभसाइटमा अनिवार्यरुपमा राख्नुपर्ने प्रावधान लागू गर्न सके बीमितलाई सहज हुने थियो ।

बीमालेख परिपक्व भएपछि सम्बन्धित बीमितलाई पत्रिकामा सूचना प्रकाशन गरेर जानकारी गराउँदै आएका छौं,एक बीमकले भने,सूचना प्रकाशन गरिसकेपछि पनि भुक्तानी लिन नआएको अवस्थामा हाम्रो कुनै दायीत्व हुँदैन । अध्यावधिक विवरणमा पनि बैंक तथा वित्तीय संस्थाले आफ्नो ग्राहकबाट नियमितरुपमा ग्राहक पहिचान फारम भर्न लगाएर विवरण अध्यावधिक राख्दै आएका छन् । यस्तो विवरण अध्यावधिक हुँदा ग्राहकसँग बैंकले सहजैरुपमा सम्पर्क गर्न र सूचना आदानप्रदान गर्न सहज हुन्छ ।

तर, बीमा कम्पनीहरुमा भने बीमा प्रस्ताव फारम भर्ने समयमा बाहेक ग्राहक पहिचान फारम भर्न लगाउने वा अध्यावधिक गर्ने कार्य खासै प्राथमिकतामा परेको छैन । नविकरण बीमाशुल्क तिर्न आउने समयमा वा विद्युतीय माध्यमबाट बीमाशुल्क भुक्तानी गर्ने समयमा यस्तो विवरण अध्यावधिक गराउन सकिन्छ । अवैध मुद्रा निर्मलीकरण तथा आतंकवादमा वित्तीय लगानी नियन्त्रणको लागी समेत ग्राहकको पहिचान अध्यावधिक गर्नु अत्यावश्यक भएपनि बीमा क्षेत्रमा यो पक्ष अझै उपेक्षित छ ।

बीमितको व्यक्तिगत विवरण अध्यावधिक नहुँदा बिमकले नविकरण बीमाशुल्क तिर्न, अग्रिम दाबी वा परिपक्व दाबी भुक्तानी गर्नको लागी बीमितसम्म बिना अवरोध सूचना पु-याउने कार्यमा बाधा उत्पन्न भइरहेको छ । जीवन बीमा ५ देखि २५ वर्षसम्मको लामो अवधिका लागि गरिने हुँदा यति लामो अवधिभित्र बीमितको स्थायी वा अस्थायी बासस्थान, सम्पर्क टेलिफोन नम्बर वा इमेल आइडी, रोजगारी, वैवाहिक स्थिति लगायतको पृष्ठभूमी परिवर्तन हुने संभावना उच्च हुन्छ ।

फछ्र्यौट पूर्जा जारी गर्नुपर्ने प्रावधान अव्यवहारिकः
विद्युतीय माध्यमबाट सिधै बीमित वा हकवालाको खातामा जीवन बीमकले दाबी भुक्तानी गर्ने अभ्यास शुरु भइसकेको छ । यो अवस्थामा बीमित वा भुक्तानी पाउने व्यक्तिसँगको प्रत्यक्ष सम्पर्क बिना वा न्यूनत्तम सम्पर्कमै पनि बीमकले भुक्तानी दिने अभ्यास भइरहेको समयमा दाबी फछ्र्यौट पूर्जा जारी गर्नुपर्ने प्रावधान अव्यवहारिक हुन थालेको बीमकले गुनासो गरेका छन् ।

बीमकको ‘बीमा दाबी भुक्तानी मार्गदर्शन २०७६’ को परिच्छेद ५ को दफा १३ मा दाबी प्राप्त गर्ने व्यक्तिको नाममा फछ्र्यौट पूर्जा जारी गर्नुपर्ने, फछ्र्यौट पूर्जाको भरपाइ लिनुपर्ने प्रावधान छ । दाबी भुक्तानी नगदमा गर्ने जमानाको नियम अझैसम्म कार्यान्वयन गर्नु बिल्कुलै अव्यवहारिक छ, अर्का एक बीमकले भने, जीवन बीमाको अधिकत्तम सेवाहरु विद्युतीय वा डिजिटल माध्यमबाटै प्रवाह गर्ने योजनामा यस्तो नीतिले समस्या तेस्र्याएको छ ।

मृत्यु दाबीको भुक्तानी १५ दिनभित्रः
मार्गदर्शन २०७६ मा बीमा दाबीको प्रकृया, बीमा दाबीको लागी आवश्यक कागज प्रमाण,बीमा दाबी भुक्तानीको समयम सीमा, दाबी फछ्र्यौट सम्बन्धी व्यवस्था गरिएको छ ।

मृत्यु दाबी भुक्तानीको सम्बन्धमा बीमा दाबी परेको १५ दिनभित्र बीमकले दाबी फछ्र्यौट गरिसक्नुपर्ने प्रावधान भएपनि पटक पटक कागज प्रमाण मागेर बीमकले बीमितलाई दुःख दिने गरेको गुनासो छ । परिपक्व बीमालेखको हकमा सात दिनभित्र दाबी भुक्तानी दिनुपर्ने प्रावधान छ ।
कुनै बीमितलाई बीमा कम्पनीले दिने घोषणा गरेको दाबी भुक्तानीमा चित्त नबुझेमा सुनुवाईको लागी बीमा समितिसमक्ष उजुरी गर्न सकिने प्रावधान छ । बीमा समितिले गरेको निर्णयमा समेत चित्त नबुझेमा अदालतसमक्ष पुनरावेदन समेत गर्न सकिन्छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS