IME Life

सिद्धार्थ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा बैदवार नियुक्त

SPIL
NIC ASIA

काठमाडौं । सिद्धार्थ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा बीरेन्द्र वैदवार क्षेत्री नियुक्त भएका छन् । कम्पनीको बुधवार बसेको सञ्चालक समितिको बैठकले उनलाई आगामी चार वर्षका लागि सिइओमा नियुक्त गरेको हो ।

बीमा समितिले असाउ ३२ गते वैदवारलाई ४ वर्षका लागि कार्यकाल थप गर्न अनुमति दिएसँगै कम्पनीको सिइओमा नियुक्त भएका हुन् । भदौ १ उनको पहिलो कार्यकाल सकिएको थियो ।

Prabhu
Crest

बैदवार सिद्धार्थ इन्स्योरेन्सको स्थापनाको समयदेखि नै बरिष्ठ प्रबन्धकको रुपमा प्रवेश गरेका थिए । उनले युनाइटेड र सगरमाथा इन्स्योरेन्समा पनि काम गरिसकेका थिए । मार्केटिङ र अन्डराइटिङमा विशेष दख्खल राख्ने बैदवारले पुर्वाञ्चल विश्वविद्यालयबाट व्यवस्थापनमा स्नातकोत्तर गरेका छन् ।

त्यस्तै, उनले सिद्धार्थमै बरिष्ठ प्रबन्धक हुँदै सहायक महाप्रबन्धक, निमित्त प्रमुख कार्यकारी अधिकृत सहित एक कार्यकाल प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी पुरा गरिसकेका छन् ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS