IME Life

जीवन विकास लघुवित्तको नाफा १०२ प्रतिशतले बढ्यो

SPIL
NIC ASIA

काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । कम्पनीले गत चौथो त्रैमाससम्ममा ६८ करोड ९५ लाख ५८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो वर्षभन्दा कम्पनीको खुद नाफा १०२ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनीले ३४ करोड १४ लाख २३ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो ।

गत वर्ष कम्पनीको सञ्चालन नाफा भने घटेको छ । यस अवधिमा कम्पनीको संचालन मुनाफा ३८ करोड ३७ लाख ४१ हजार रुपैयाँ रहेको छ । अघिल्लो आथिृक वर्षको सोही अवधिको तुलनामा यस अवधिमा संस्थाको संचालन मुनाफा ९ दशमलव ४६ प्रतिशतले कमी आएको हो ।

Prabhu
Crest

हाल कम्पनीको चुक्ता पूँजी ६० करोड ८४ लाख रुपैयाँ रहेको छ । कम्पनीको जगेडा कोष रकम अघिल्लो वर्षभन्दा १३७ दशमलव ६२ प्रतिशतले बृद्धि भएको छ । समिक्षा अवधिमा कम्पनीको जगेडा कोषमा १ अर्ब ३० करोड ९४ लाख ७ हजार रुपैयाँ संचिती रहेको छ ।

समिक्षा अवधिमा कम्पनीले ९ अर्ब ९२ करोड ४७ लाख ४९ हजार कर्जा सापटी लिएर २० अर्ब ४५ करोड ८२ लाख ३७ हजार कर्जा प्रवाह गरेको छ । अघिल्लो आथिृक वर्षको सोही अवधिको तुलनामा कम्पनीको कर्जा लगानी ९१ दशमलव ८७ प्रतिशतले बढी हो । अघिल्लो वर्षभन्दा गत वर्ष कम्पनीको निक्षेप संकलन ४३ दशमलव ८८ प्रतिशत बढी रहेको छ । यस अवधिमा कम्पनीले ८ अर्ब ९ करोड ४ लाख १९ हजार रुपैयाँ निक्षेप संकलन गरेको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS