आज सुनको मुल्य स्थिर, चाँदीको भने घट्यो

काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य घटेको छ । हिजो तोलामा ९२ हजारमा कारोबार भएको छापावाला सुनको मूल्य आज बिहीबार पनि सोही मूल्यमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी, तेजावी सुनको मूल्य पनि आज स्थिर नै रहेको छ । हिजो तोलामा ९१ हजार ५ सय रुपैयाँमा कारोबार भएको तेजाबी सुन आज पनि सोही मुल्यमा कारोबार भएको छ ।

त्यस्तै, आज बिहीबार चाँदीको मूल्य भने घटेको छ । हिजो तोलाको १ हजार २ सय ८५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज १० रुपैयाँले घटेर तोलाको १ हजार २ सय ७५ रुपैयाँमा कारोबार भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार