फर्स्ट माइक्रोफाइनान्सको संस्थापक शेयर लिलामीमा विक्री खुला

काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको ३ लाख १९ हजार ४१० कित्ता शेयर आजदेखि लिलामीमा विक्री खुला भएको छ । कम्पनीले आईसिएफसि फाइनान्सको स्वामित्वमा रहेको उक्त शेयर भदौ २४ गतेसम्मका लागि लिलामीमा ल्याएको हो ।

शेयर खरीद गर्न चाहाने ईच्छुक विद्यमान संस्थापक शेयरधनी वा जो कोही व्यक्ति तथा कम्पनीहरुले आवेदन पनि दिन सक्नेछन । कम्पनीले यस शेयरको मूल्य प्रतिकित्ता एक सय रुपैयाँ तोकेको छ । शेयर विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ

आवेदकहरुले तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गरी बोलपत्र पेश गर्नुपर्ने हुन्छ । बोलकबोल गर्दा न्यूनतम १ हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्मको लागि माग गर्न सकिने व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार