IME Life

१२ अंकले बढ्यो नेप्से, १५ अर्बको कारोबार हुँदा हाइड्रोको शेयरमा झुम्मिए लगानीकर्ता

SPIL
NIC ASIA

काठमाडौं । आज शेयर बजा नेप्से परिसूचक १२ दशमलव ०५ अंकले बढेर ३,१२३ दशमलव १५ को विन्दुमा कायम भएको छ । आज एक सय वटा कम्पनीको शेयर मुल्य बढेको छ भने ८० वटा कम्पनीको शेयर मुल्य घटेको छ ।

आज दिनभरिमा २२५ वटा कम्पनीको २ करोड ८८ लाख १३ हजार ८३१ कित्ता शेयर किनबेच हुँदा १५ अर्ब ५९ करोड ५७ लाख ९४ हजार रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै अपि पावर कम्पनीको शेयर कारोबार भएको छ । कम्पनीको ७९ करोड ५० लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Prabhu
Crest

त्यस्तै, अरुण भ्याली हाइड्रोपावर कम्पनीको ५६ करोड ७२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सानिमा माइ हाइड्रोपावर कम्पनीको ५० करोड ३४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । अरुण कावेली पावर कम्पनीको ४१ करोड ५५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । छिमेक लघुवित्तको ४० करोड ८९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

त्यसैगरी आज सबैभन्दा धेरै अपि पावर कम्पनी, खानिखोला हाइड्रोपावर कम्पनी, दिव्यश्वरी हाइड्रोपावर कम्पनी, कालिका पावर कम्पनी, अपर तामाकोशी,घलेम्दी हाइड्रोपावर कम्पनी र यूनियन लाइफ इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् ।

आज ङादी ग्रुप पावर कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै प्रतिशतका दरले गुमाएका छन् । कम्पनीका लगानीकर्ताले ५ दशमलव ३८ प्रतिशतका दरले गुमाएका छन् । लक्ष्मी इक्विटी फण्डका इकाइधनीले ४ दशमलव ७५ प्रतिशतका दरले गुमाएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS