IME Life

महिला लघुवित्तको नाफा १६७% ले बढ्यो, प्रतिशेयर आम्दानी कति ?

SPIL
NIC ASIA

काठमाडौं । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । कम्पनीले यस अवधिसम्म ९ करोड २९ लाख ८२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । कम्पनीले अघिल्लो वर्षभन्दा गत वर्ष १६७ दशमलव ८६ प्रतिशतले नाफा बृद्धि गर्न सफल भएको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ३ करोड ४७ लाख १३ हजार रुपैयाँ मात्र नाफा गरेको थियो ।

गत वर्ष कम्पनीको सञ्चालन नाफा पनि १७७ दशमलव ८८ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्ष ३ करोड ८१ लाख ७६ हजार सञ्चालन नाफा गरेको कम्पनीले गत वर्षको सोही अवधिमा १० करोड ६० लाख ८५ हजार रुपैयाँ संचालन मुनाफा गरेको छ ।

Prabhu
Crest

समिक्षा अवधिमा कम्पनीको संचालन मुनाफा ८७ दशमलव ४६ प्रतिशतले बृद्धि भएको छ । यस अवधिमा कम्पनीले २४ करोड ४ लाख ८३ हजार रुपैयाँ संचालन मुनाफा आर्जन गरेको छ । कम्पनीको खुद ब्याज आम्दानी अघिल्लो वर्ष १२ करोड ८२ लाख ८२ हजार रुपैयाँ मात्र भएको थियो ।

कम्पनीको चुक्ता पूँजी १० करोड पुगेको छ । गत वर्ष कम्पनीको जगेडा कोष रकम पनि ७२ दशमलव ७२ प्रतिशत वृद्धि भएको छ । यस अवधिमा कम्पनीको जगेडा कोषमा २२ करोड ८ लाख ९६ हजार रुपैयाँ संचिती रहेको छ ।

समिक्षा अवधिमा कम्पनीले २ अर्ब २४ करोड ६८ लाख ७३ हजार कर्जा सापटी लिए ३ अर्ब ३३ करोड ६७ लाख ८५ हजार रुपैयाँ कर्जा लगानी गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको कर्जा लगानी ९१ दशमलव ९६ प्रतिशतले बढी हो । अघिल्लो वर्षभन्दा गत वर्ष कम्पनीको निक्षेप संकलन भने साढे ४० प्रतिशतले बृद्धि भएको छ । यस अवधिमा कम्पनीले ९२ करोड ८० लाख ९० हजार रुपैयाँ निक्षेप संकलन गरेको छ ।

कम्पनीको निष्क्रिय कर्जा अघिल्लो वर्ष शून्य दशमलव ७८ प्रतिशत रहेको थियो । गत वर्ष १ दशमलव ७१ प्रतिशत रहेको छ । यस अवधिमा प्रतिशेयर आम्दानी ९२ रुपैयाँ ९८ पैसा रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS