IME Life

अर्थसचिव मरासिनीले लिए नेपाल राष्ट्र बैंकको सञ्चालक पदको सपथ

SPIL
NIC ASIA

काठमाडौं । अर्थसचिव मधुकुमार मरासिनीले नेपाल राष्ट्र बैंकको सञ्चालकको रुपमा सपथ लिएका छन् । मरासिनीले सर्बोच्च अदालतका न्यायाधिस तेजबहादुर केसीसँग सपथ लिएका हुन् । अर्थसचिव नेपाल राष्ट्र बैंकको पदेन सदश्य रहने व्यवस्था छ ।

सरकारले निवर्तमान अर्थसचिव शिशिरकुमार ढुङ्गानालाई प्रधानमन्त्री कार्यालयमा सुरुवा गरे सँगै मरासनीले राष्ट्र बैंकको सञ्चालक पदमा आज सपथ लिएका हुन् । उनले आज विहान सर्वोच्च अदालतमा सपथ लिएका हुन् ।

Prabhu
Crest

नेपाल राष्ट्र बैंकको सञ्चालक समितिको अध्यक्ष गभर्नर हुने व्यवस्था छ । त्यस्तै दुई जना डेपुटी गभर्नर पनि सञ्चालक सदस्य रहन्छन् । गभर्नर, डेपुटी गभर्नर र अर्थ सचिव पदेन सञ्चालक हुन्छन् भने बाँकी तीन जनालाई सरकारले विज्ञताका आधारमा नियुक्त गर्ने व्यवस्था छ ।

सञ्चालक समितिमा रहने सातै जनालाई प्रत्यक्ष रुपमा सरकारबाटै नियुक्त हुन्छन् । गभर्नर, डेपुटी गभर्नर सहित तीनै जनालाई सरकारले नियुक्ति गर्ने गर्छन् । अर्थसचिव पनि सरकारले आफु अनुकुलका व्यक्तिलाई नियुक्त गरेका हुन्छन् । बाँकी तीन जनालाई विज्ञताका आधारमा नियुक्ति गरिने भएकाले नेपाल राष्ट्र बैंकको सम्पुर्ण नीति निर्माणमा नेपाल सरकारको प्रत्यक्ष हस्तक्षेप जस्तो देखिन्छ । हाल विज्ञ सञ्चालकको रुपमा रहेका डा. श्रीराम पौडेल अर्थ सचिव मरासिनीका  ससुरा हुन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS