IME Life

सामलिङ्ग पावरको आईपीओ निष्काशन स्थगित, यस्तो छ कारण

SPIL
NIC ASIA

काठमाडौँ । सामलिङ्ग पावर कम्पनी लिमिटेडको आइपीओ निष्काशन स्थगित भएको छ । कम्पनीले साउन २२ गते, शुक्रबारदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीयहरूलाई निष्काशन तथा बिक्री खुल्ला गर्ने भनिएको आईपीओ हाललाई स्थगित गरिएको जनाएको छ ।

कोरोना भाइरसको संक्रमणका कारण ईलाम जिल्लामा पनि साउन २५ गतेसम्म निषेधाज्ञा जारी गरिएको छ । निषेधाज्ञाका कारण आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूलाई आईपीओ भर्न जान असहज हुने भएकाले अर्को सूचना प्रकाशन नभएसम्मका लागि हाललाई आईपीओ स्थगित गरिएको निष्कासन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडले जनाएको छ ।

Prabhu
Crest

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा १२ करोड ३० लाख रूपैयाँ बराबरको १२ लाख ३० हजार कित्ता साधारण शेयर निष्काशन तथा बिक्री खुल्ला गर्नका लागि असार ३१ गते बोर्डबाट अनुमति पाएको थियो ।

कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका वासिन्दाहरुको लागि ५ लाख कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो । निष्काशन गरिने कुल सेयरमध्ये ६० प्रतिशत अर्थात ३ लाख कित्ता आयोजना प्रभावित क्षेत्र ईलाम जिल्लाभरीका बासिन्दाहरुका लागि र बाँकी ४० प्रतिशत अर्थात २ लाख कित्ता आयोजना अति प्रभावित क्षेत्र ईलाम नगरपालिका वडा न ८ र १० तथा माईजोगमाई गाँउपालिका वडा नं ४ र ५ का बासिन्दाहरुका लागि निष्काशन गर्न लागेको हो ।

कम्पनीको आईपिओमा न्यूनतम १० कित्ता देखि अधिकतम २० हजार कित्ताका लागि आवेदन दिनुपर्नेछ ।

कम्पनीको आइपिओलाई रेटिङ एजेन्सी इक्रा नेपालले ‘इक्रा एनपी बीबी माइनस’ रेटिङ प्रदान गरेको छ । यस रेटिङले कम्पनी समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम जोखिम रहेको संकेत गर्दछ । शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेड रहेको छ ।

आईपीओमा नेपाल एसबिआई बैंक, एनएमबि बैंक, सिद्धार्थ बैंक, सिभिल बैंक र लक्ष्मी बैंकका ईलाम शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । यसका साथै नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सी–आस्वा सदस्या बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS