IME Life

एनएलजी इन्स्योरेन्सको साधारणसभा भोलि हु्ँदै, के-के छन् एजेण्डा ?

SPIL
NIC ASIA

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीले भोलि साउन २१ गते १५ औ वार्षिक साधारणसभा गर्दैछ । कम्पनीले भर्चुअल माध्यम जुम मिटिङबाट साधारणसभा सम्पन्न गर्ने भएको छ । साधारणसभामा कम्पनीको सञ्चालक समितिले प्रस्ताव गरेको १० प्रतिशत बोनस शेयरको विशेष प्रस्ताव लगिने भएको छ । त्यस्तै बोनस शेयरको कर प्रयोजनका लागि ०.५२६३ प्रतिशत नगद लाभांसको पनि प्रस्ताव गरिएको छ ।

बीमा समितिले ४० प्रतिशत हकप्रद निष्काशनको प्रस्ताव स्वीकृत नगर्दा कम्पनीले साधारणसभामा पेश गरेको छैन । बीमा समितिले कम्पनीहरुलाई हकप्रद निष्काशनका रोक लगाउदै आएको छ । कम्पनीले बोनस शेयर पछि कायम चुक्ता पूँजीको ४० प्रतिशत हकप्रद निष्काशन गर्ने भन्दै अनुमतिका लागि बीमा समितिमा पेश गरेको थियो । तर समितिले स्वीकृत नदिएकाले साधारणसभामा पेश गरेको छैन ।

Prabhu
Crest

कम्पनीको हालको चुक्ता पूँजी एक अर्ब ९ करोड रुपैयाँ रहेको छ । प्रस्तावित १० प्रतिशत बोनस शेयर पारित पछि भने एक अर्ब २० करोड रुपैयाँ पुग्नेछ । साधारणसभामा आर्थिक वर्ष २०७६/७७ को लेखापरिक्षण प्रतिवेदन उपर छलफलका गरि स्वीकृतिका लागि पेश गरिने भएको छ ।

कम्पनी ऐन अनुसार चालु आर्थिक वर्ष २०७७/७८ को लेखापरिक्षक नियुक्तिको प्रस्ताव साधारणसभामा पेश गरिने भएको छ । लेखापरिक्षक नियुक्तिका साथै निजको परिश्रमिक पनि निर्धारण गरिने छ ।

प्रस्तावित बोनस शेयर वितरण पछि कम्पनीको चुक्ता पूँजी बढ्ने भएकाले कम्पनीको प्रवन्धपत्र तथा नियमावली संसोधन गरि पारितका लागि साधारणसभाबाट पारित गरिने भएको छ । साधारणसभा प्रयोजनका लागि साउन १४ गते एक दिन बुक क्लोज गरिने छ । साउन १३ गतेसम्म कायम शेयरधनीले प्रस्तावित बोनस शेयर प्राप्त गर्ने छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS