IME Life

२६ अंकले बढ्यो नेप्से परिसूचक, कारोबार रकम ११ अर्ब ५२ करोडमाथि

SPIL
NIC ASIA

काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक २६ दशमलव ०२ अंकले बढेर ३,१११ दशमलव ०९ को विन्दुमा कायम भएको छ । आज १३१ वटा कम्पनीको शेयर मुल्य बढेको छ भने ४७ वटा कम्पनीको शेयर मुल्य घटेको छ ।

आज २२३ वटा कम्पनीको २ करोड ११ लाख २९ हजार ८८ कित्ता शेयर किनबेच हुँदा ११ अर्ब ५२ करोड ९२ लाख १७ हजार रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै अपी पावर कम्पनीको शेयर कारोबार भएको छ । कम्पनीको आज ४६ करोड ८२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । ङादी ग्रूप पावर कम्पनीको ४३ करोड ३२ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Prabhu
Crest

त्यस्तै, आज फसर््ट माइक्रोफाइनान्स कम्पनीको ३३ करोड ८६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । स्वाबलम्बन लघुवित्तको ३० करोड ४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । निर्धन उत्थान लघुवित्तको २९ करोड ६६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै पाँचथर पावर कम्पनी र रु रु जलविद्युत कम्पनीका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । जीवन विकास लघुवित्तका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् । यूनियन लाइफ इन्स्योरेन्स कम्पनीका लगानकिर्ताले ९ दशमलव ९८ प्रतिशतका दरले कमाएका छन् ।

त्यसैगरी यूनिलिभर नेपालका लगानीकर्ताले सबैभन्दा धेरै प्रतिशतका दरले गुमाएका छन् । कम्पनीका लगानीकर्ताले ३ दशमलव ७९ प्रतिशतका दरले गुमाउका छन् ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS