IME Life

आजदेखि तीन कम्पनीको संस्थापक शेयर लिलामीमा विक्री खुला

SPIL
NIC ASIA

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडको स्वामित्वमा रहेको तीन कम्पनीको संस्थापक शेयर आजदेखि लिलामीमा विक्री खुला भएको छ । बैंकको स्वामित्वमा रहेको आरएमडीसी लघुवित्त वित्तीय संस्था, मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था र नागरिक लगानी कोषको संस्थापक शेयर लिलामीमा विक्री खुला गर्ने भएको हो ।

बैंकले मेरो माइक्रोफाइनान्सको ८९ हजार ४३९ कित्ता, नागरिक लगानी कोषको ३ लाख ५० हजार ३६९ कित्ता र आरएमडीसी लघुवित्तको ३ लाख १० हजार १६५ कित्ता संस्थापक शेयर लिलामी मार्फत विक्री गर्न लागेको हो । उक्त शेयरमा साउन २९ गतेसम्म गोप्य शिलबन्दी बोलपत्र पेश गर्न सकिने जनाएको छ ।

Prabhu
Crest

कम्पनीको शेयर विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ तीन वटै कम्पनीको शेयर खरीदका लागि बोलकबोल गर्दा न्यूनतम १०० कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ ।

लिलामीमा ल्याएको मेरो माइक्रोफाइनान्सको प्रतिकित्ता ५९५ रुपैयाँ र नागरिक लगानी कोषको प्रतिकित्ता १ हजार ४६३ रुपैयाँ र आरएमडीसी लघुवित्तको प्रतिकित्ता न्यूनतम मूल्य ५०६ रुपैयाँ तोकिएको छ । आवेदकले तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नु पर्नेहुन्छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS