IME Life

चौथो त्रैमासमा सिभिल लघुवित्तको उत्साहजनक प्रगति

SPIL
NIC ASIA

काठमाडौं । सिभिल लघुवित्तले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म ६ करोड ५४ लाख ७१ हजार खुद नाफा गरेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा गत वर्ष कम्पनीको नाफा ४७४ दशमलव ५६ प्रतिशतले बढी हो । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीको खुद नाफा १ करोड १३ लाख ९५ हजार रुपैयाँ रहेको थियो ।

यस अवधिमा कम्पनीको संचालन मुनाफा पनि बृद्धि भएको छ । अघिल्लो वर्षभन्दा कम्पनीको सञ्चालन नाफा समेत ४५८ प्रतिशतले बढी हो । समिक्षा अवधिमा कम्पनीको संचालन मुनाफा ९ करोड ४६ लाख ५६ हजार रुपैयाँ रहेको छ ।

Prabhu
Crest

हाल कम्पनीको चुक्ता पूँजी २४ करोड २१ लाख २१ हजार रहेको छ । जगेडा कोषमा रकम अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ४५८ दशमलव ६५ प्रतिशतले बढी हो । यस अवधिमा कम्पनीको जगेडा कोषमा १३ करोड ३६ लाख ५६ हजार रुपैयाँ संचिती रहेको छ ।

समिक्षा अवधिमा कम्पनीले १ अर्ब ६३ करोड १ लाख ३३ हजार कर्जा सापटी लिएको छ । २ अर्ब ४५ करोड ३९ लाख ६९ हजार कर्जा लगानी गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको कर्जा लगानी ९३ दशमलव ५८ प्रतिशतले बढी हो । ६२ करोड ५ लाख ५३ हजार निक्षेप संकलन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको निक्षेप संकलन ५४ प्रतिशतले बढी हो ।

कम्पनीको प्रतिशेयर आम्दानी वार्षिक २७ रुपैयाँ ०४ पैसा रहेको छ । प्रतिशेयर नेटवर्थ १४९ रुपैयाँ ८५ पैसा रहेको छ । अघिल्लो वर्ष कम्पनीको प्रतिशेयर आम्दानी ६ रुपैयाँ १२ पैसा रहेको थियो भने प्रतिशेयर नेटवर्थ १७३ रुपैयाँ ४७ पैसा रहेको थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS