SKIP THIS

IK Anniversary
IME Life

जनरल इन्स्योरेन्सका कर्मचारीको विषयमा आएका समाचारमा सत्यता नरहेको कम्पनीको स्पष्टिकरण

SPIL
NIC ASIA

काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनीले आफ्ना कर्मचारीको विषयमा विभिन्न पत्रपत्रिका तथा अनलाइन मिडियामा आएका समाचारमा कुनै पनि सत्यता नभएको भन्दै गम्भिर ध्यानाकर्षण व्यक्त गरेको छ । विगत केहि दिनयता सञ्चार माध्यममा नियमनकारी निकाय बीमा समितिको समेत नाम उल्लेख गरी कम्पनी र कम्पनीमा कार्यरत कर्मचारीहरुको नामै उल्लेख गरी कपोलकल्पित र भ्रामक समाचार सम्प्रेषण भएको भन्दै ध्यानाकर्षण व्यक्त गरेको हो ।

कम्पनीको स्थापनाकाल देखिनै स्वच्छ शाख र समस्त लगानीकर्ता र ग्राहकवर्गको आस्थामा दिग्भ्रम सृजना गरी लगनशील कर्मचारीहरुको मनोबल गिराउने र काम गर्ने वातावरण नै बिथोल्ने काम भएकोले यस्ता आधारहीन, अनर्गल समाचारमा कुनै सत्यता नरहेको भन्दै कम्पनीले स्पष्ट पारेको छ । कम्पनीले समस्त लगानीकर्ता, ग्राहक वर्ग, सर्वसाधारण तथा शुभचिन्तकहरुलाई भ्रमित नहुने समेत अनुरोध गरेको छ ।

Prabhu
Crest

कम्पनीले ग्राहकहरुको आवस्यकता र विश्वासमा कुनै कसर बाँकी नराखी आगामी दिनमा अझ सशक्त रुपले विश्वसनीय सेवा प्रवाह गर्दै लैजाने अठोट तथा प्रतिज्ञा व्यक्त गरेको छ । कम्पनीमा विभिन्न व्यवसायिक घरानाका प्रतिष्ठित व्यक्तित्वहरु, विश्वसनीय विभिन्न बैंक तथा वित्तीय संस्थाहरु, विभिन्न क्षेत्रमा विज्ञ व्यक्तित्वहरुको लगानी तथा प्रवर्द्धन गरेको छ । साथै आम सर्वसाधारण शेयरधनीहरुको अटुट आस्था र विश्वास सहितको लगानी रहेको भन्दै कम्पनीका विषयमा आएका भ्रामक समाचार सम्प्रेषण प्रति विस्वास नगर्न अनुरोध गरिएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS