२ हजार ५६८ जनामा कोरोना संक्रमण पुष्टि, १८ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा २ हजार ५६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२ हजार ६३६ जनाको आरटी–पीसीआर र एन्टिजेन परीक्षण गर्दा २ हजार ५६८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यससँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ७ लाख ६९ हजार ३०७ पुगेको छ । पछिल्लो २४ घण्टामा देशभर २ हजार २० जना निको भएर घर फर्किएका छन् । यससँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ६ लाख ५६ हजार १९७ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप १८ संक्रमितको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार