IME Life

सन नेपाल लाइफको नयाँ जीवन बीमा योजना सार्वजनिक, २.५ गुणासम्म दाबी भुक्तानी पाइने

SPIL
NIC ASIA

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले नयाँ जीवन बीमा योजना सार्वजनिक गरेको छ । कम्पनीले सन लाइफ सावाधिक सुनौलो जीवन बीमा योजना सार्वजनिक गरेको हो । यस योजनामा सामान्य मृत्यु भएमा बीमाङक रकमको १.५ गुणासम्म दाबी भुक्तानी पाइनेछ भने दुर्घटनाबाट मृत्यु भएमा बीमाङक रकमको २.५ गुणासम्म बीमा दाबी भुक्तानी पाइने कम्पनीले जनाएको छ । साथै, यस बीमा योजनामा किरिया खर्च सुविधा समेत पाइने कम्पनीले जानकारी गराएको छ ।

यस बीमा योजनामा बीमा अवधि समाप्त भएपछि आर्जित बोनश र बीमाङक रकमको १४० प्रतिशत सम्म भुक्तानी पाइनेछ । जसमा १० वर्ष अवधिको बीमा गराउँदा समय अवधि समाप्तपछि १२४ प्रतिशत, १५ वर्ष अवधिको बीमा गराउँदा १३० प्रतिशत र २० वर्ष अवधिको बीमा गराउँदा १४० प्रतिशत सम्मको भुक्तानी पाइने कम्पनीले जनाएको छ ।

Prabhu
Crest

त्यस्तै, बीमा अवधिभित्र कुनै बीमितको मृत्यु भएमा उक्त अवधिसम्मको आर्जित बोनश र बीमाङक रकमको १५० प्रतिशत मृत्यु दाबी भुक्तानी पाइने, ५० लाखसम्मको दुर्घटना मृत्यु लाभ पाइने, ५० हजारसम्मको किरिया खर्च पाइने, बीमाशुल्क भुक्रानीमा छुट पाइने, वार्षिक भुक्रानीमा २ प्रतिशत,अर्धवार्षिक भुक्तानीमा १ प्रतिशत छुट पाइने कम्पनीले बताएको छ ।

यस बीमा योजना खरिदका लागि बीमितको उमेर कम्तिमा १८ वर्ष भएको हुनुपर्नेछ भने अधिकतम ५५ वर्षसम्म उमेरका व्यक्तिे यस योजनामा सहभागी हुन सक्नेछन् । न्युनतम बीमाङक रकम २ लाख हुनुपर्नेछ भने अधिकतममा हुनै हद छैन् । कम्तिमा १० वर्ष अवधिको लागि यस बीमा योजना खरिद गर्न सकिनेछ भने अधिकतम बीमा अवधि २० वर्षको रहेको कम्पनीले जनाएको छ ।

 

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS