IME Life

आशा लघुवित्तको नाफा १७२% ले बढ्यो, प्रतिशेयर आम्दानी कति ?

SPIL
NIC ASIA

काठमाडौं । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण प्रकाशन गरेको छ । संस्थाले अघिल्लो आर्थिक वर्षको तुलनामा नाफा १७२ दशमलव ६६ प्रतिशतले बृद्धि गर्न सफल भएको छ । अघिल्लो आथिृक वर्षमा ४ करोड ६६ लाख ३० हजार खुद नाफा गरेको कम्पनीले गत आर्थिक वर्षमा १२ करोड ७१ लाख ४१ हजार रुपैयाँ मुनाफा आर्जन गरेको छ ।

समिक्षा अवधिमा कम्पनीको सञ्चालन नाफा गत वर्ष १४९ दशमलव ३९ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष ७ करोड ४२ लाख ६१ हजार सञ्चालन मुनाफा गरेको कम्पनीले गत वर्ष १८ करोड ५२ लाख २ हजार यो मुनाफा गरेको हो ।

Prabhu
Crest

हाल कम्पनीको चुक्ता पूँजी २६ करोड ७१ लाख ३१ हजार रुपैयाँ रहेको छ । जगेडा कोषमा रकम अघिल्लो वर्षभन्दा २७६ दशमलव ५७ प्रतिशतले बृद्धि भएको छ । समिक्षा अवधिमा संस्थाको जगेडा कोषमा १७ करोड ३४ लाख ७३ हजार रुपैयाँ संचिती रहेको छ ।

कम्पनीले समिक्षा अवधिमा २ अर्ब १९ करोड ९८ लाख ७८ हजार कर्जा सापटी लिएको छ भने ३ अर्ब ८२ करोड ८ लाख ७३ हजार कर्जा लगानी गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको कर्जा लगानी ६३ प्रतिशतले बढी हो । यस अवधिसम्म कम्पनीले१ अर्ब २८ करोड ५४ लाख १६ हजार निक्षेप संकलन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको निक्षेप संकलन करीब ५७ प्रतिशतले बढी हो ।

कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी ४७ रुपैयाँ ६० पैसा रहेको छ । प्रतिशेयर नेटवर्थ १६४ रुपैयाँ ९४ पैसा रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS