IME Life

साधना लघुवित्तले कमायो ११ करोड ७० लाख मुनाफा

SPIL
NIC ASIA

काठमाडौं । साधना लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण आइतवार सार्वजनिक गरेको छ । कम्पनीले अघिल्लो आर्थिक वर्षको तुलनामा १९६ प्रतिशतले नाफा बृद्धि गर्न सफल भएको छ । यस अवधिमा कम्पनीले ११ करोड ७० लाख ९५ हजार खुद नाफा गरेको छ । अघिल्लो वर्षको सोही अवधि कम्पनीले ३ करोड ९५ लाख १३ हजार रुपैयाँ मात्र नाफा आर्जन गरेको थियो

अघिल्लो आर्थिक वर्षमा ३ करोड ४६ लाख १२ हजार रुपैयाँ सञ्चालन नाफा गरेको कम्पनीले गत आर्थिक वषृको समिक्षा अवधिमा संचालन मुनाफा ३३९ दशमलव ३६ प्रतिशतले बृद्धि गर्न सफल भएको छ । यस अवधिमा कम्पनीले १५ करोड २० लाख ७१ हजार सञ्चालन नाफा गरेको छ ।

Prabhu
Crest

हाल कम्पनीको चुक्ता पूँजी २५ करोड ६९ लाख ८० हजार छ । अघिल्लो वर्षभन्दा गत वर्ष कम्पनीको जगेडा कोष रकम पनि ५९४ दशमलव ३७ प्रतिशतले बढी हो । समिक्षा अवधिा कम्पनीको जगेडा कोषमा १३ करोड ४३ लाख ६८ हजार रुपैयाँ संचिती रहेको छ ।

यस अवधिमा संस्थाले २ अर्ब ७५ करोड ७० लाख ७४ हजार कर्जा सापटी लिएको छ । अघिल्लो आथिृक वर्षको तुलनामा गत आर्थिक वर्षको यस अवधिमा कम्पनीको कर्जा सापटी १२४ दशमलव ५४ प्रतिशतले बढी हो । ३ अर्ब २६ करोड ४९ लाख ८ हजार कर्जा लगानी गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको कर्जा लगानी ९१ प्रतिशतले बढी हो । समिक्षा अवधिमा कम्पनीले ८३ करोड ५२ लाख २३ हजार निक्षेप संकलन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको निक्षेप संकलन ८३ दशमलव ४२ प्रतिशतले बढी हो ।

वार्षिक प्रतिशेयर आम्दानी ४५ रुपैयाँ ५७ पैसा रहेको छ । कम्पनीको प्रतिशेयर नेटवर्थ १५२ रुपैयाँ २८ पैसा रहेको छ । अघिल्लो वर्ष कम्पनीको प्रतिशेयर आम्दानी १५ रुपैयाँ ३८ पैसा थियो भने प्रतिशेयर नेटवर्थ १२८ रुपैयाँ १३ पैसा रहेको थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS