IME Life

बीमा समितिले तराईका चार स्थानीय तहमा जनचेतना सम्बन्धी अन्तर्क्रिया गर्दै

SPIL
NIC ASIA

काठमाडौं । बीमा समितिले आजदेखि चार स्थानिय तहमा बीमा सम्बन्धी जनचेतना सम्बन्धी अन्तर्क्रिया तथा छलफल गर्ने भएको छ । बीमा समितिका निर्देशक दिनेशलाल कर्णको नेतृत्वमा समितिकै प्रदिप गौतम र शिव प्रसाद खनालले तराईका चार वटा स्थानीय निकायमा यस्तो कार्यक्रम गर्ने भएका हुन ।

समितिले भोलि साउन १८ गते सर्लाही जिल्लाको मलंगवा नगरपालकाबाट कार्यक्रम सुरु हुनेछ । त्यस्तै साउन २० गते रौतहट जिल्लाको गौर नगरपालिका, साउन २२ गते रौतहट जिल्लाको गरुडा नगरपालिका र साउन २४ गते सर्लाही जिल्लाकै वरहथवा नगरपालिकामा कार्यक्रम गर्ने छ ।

Prabhu
Crest

कार्यक्रममा स्थानीय निकायका जनप्रतिनिधिहरु, बैंक बीमा कम्पनीका स्थानिय तहमा रहेका शाखा कार्यालयका प्रमुखहरु, शिक्षक, स्थानीय उद्योगी व्यापारी, बीमा अभिकर्ता, किसान महिला तथा सर्वसाधारणको सहभागिता रहनेछ ।

चालु आर्थिक वर्षमा स्थानीय तह सँगको यो पहिलो अन्तर्क्रिया कार्यक्रम हो । बीमाको कसरी विस्तार गर्ने, बीमा सामाजिक सुरक्षा भएको हुनाले सबै वर्गलाई कसरी समेट्न सकिन्छ भने गत आर्थिक वर्षदेखिनै समितिले यस्तो कार्यक्रम आयोजना गर्दै आएको छ । समितिले स्थानीय निकाय सँग प्रत्यक्ष रुपमा भेटेरै आफ्नो सेवा सुविधालाई बीमा सँग टाइअफ गर्न अनुरोध गर्नेछ ।

समितिले अभियानकै रुपमा अगाडि बढाएको यो कार्यक्रम चालु आर्थिक वर्षमा १०० वटा भन्दा बढि स्थानिइ नियका सँग सम्पन्न गर्ने लक्ष्य लिएको छ । गत आर्थिक वर्षमा पनि बीमा समितिले विभिन्न स्थानीय निकायहरु सँग यस्तो कार्यक्रम आयोजना गरिसकेको छ । यो कार्यक्रमले जनचेतना अभिबृद्धि गर्ने, बीमाको दाबी भुक्तानी कसरी हुन्छ भनेर जानकारी प्रदान गरिनेछ ।

समितिले भोलिदेखि सञ्चालन गर्ने चारवटै कार्यक्रममा समितिका निर्देशक कर्णले बीमा सम्बन्धी प्रस्तुती दिनेछन् । कार्यक्रममा समितिले स्थानीय जनप्रनिधि तथा सहभागीको कुरा सन्नेछ । उनिहरुको गुनासो तथा सुझावलाई ग्रहण गरेर आवस्यक निर्देशन दिनुका साथै आगामी दिनमा समितिले आफ्नो नीति तथा कार्यक्रममा समेट्नु पर्ने देखेमा सुझावको रुपमा समितिमा पेश गरिने कर्णले जानकारी दिए ।

यस्ता कार्यक्रमले बीमाको विस्तारमा के कस्तो कुराले बाधा अवरोध पुर्याइरहेको छ भन्ने कुरा नियामकलाई अवगत हुने र आगामी दिनमा के कस्ता नीति तथा कार्यक्रम बनाउदा बीमाको क्षेत्र थप फराकिलो बनाउन सकिन्छ भनेर रणनीति पनि तय हुने समितिले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS