IME Life

आजदेखि नेशनल माइक्रोफाइनान्सको संस्थापक शेयर लिलामीमा

SPIL
NIC ASIA

काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले आज साउन १६ गतेबाट ६५ हजार ७६० कित्ता संस्थापक शेयर लिलामी मार्फत विक्री गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता न्यूनतम मूल्य १ हजार २२ रुपैयाँमा साउन ३१ गतेसम्म गोप्य शिलबन्दी बोलपत्र पेश गर्न सकिने जनाएको छ ।

शेयर खरीदका लागि ईच्छुक विद्यमान संस्थापकहरुका गत चैत ३१ गतेभित्र विक्री प्रबन्धक आरबीबी मर्चेन्ट बैंकिङ काठमाडौंमा आइपुग्नेगरी आवेदन दिने कम्पनीले आब्हान गरेको हो ।

Prabhu
Crest

विद्यमान संस्थापकहरुबाट आवेदन नपरेपछि कम्पनीले सार्वजनिक रुपमा उक्त शेयर विक्री गर्न लागेको हो । शेयर खरीदका लागि तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी न्यूनतम १०० कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिनेछ ।

तोकिएको अवधिभित्र प्राप्त बोलपत्र साउन ३२ गते बिहान ११ बजे विक्री प्रबन्धक आरविवि मर्चेन्ट बैंकिङ लिमिटेको टेकु स्थिर कार्यालयमा खोलिने संस्थाले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS