IME Life

युनियन लाइफद्वारा ५ लाख १८ हजार मृत्यु दाबी भुक्तानी

SPIL
NIC ASIA

काठमाडौं । यूनियन लाइफ इन्स्योरेन्स कम्पनी दुलेगौंडा शाखाले मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीले शनिवार एक कार्यक्रमको गरी मृतकको परिवारलाइ ५ लाख १८ हजार रुपैया दाबी भुक्तानी गरेको हो ।

कम्पनीका दुलेगौंडा शाखा प्रमुख ओमकार नागिला, एजेन्सी म्याजेजर अनिल थापा, क्षेत्र बहादुर थापा,सोम प्रसाद श्रेष्ठ, इन्द्र पौडेल लगायतको टिमले स्वर्गीय बिमित गम बहादुर थापाको हकवाला शुक्लागण्डकी ४ तनहुँ निवासी निजको श्रीमती देउ माया थापा मगरलाई लाई सो रकमको चेक हस्तान्तरण गरेका हुन ।

Prabhu
Crest

२०७७ साल असोजमा मृतक गम बहादुर थापा मगरले ५ लाख बराबरको जीवन बीमा गरेका थिए । उनले ५ लाखको बीमा गर्दा प्रथम बीमा शुल्क बापत मात्र ३२ हजार रुपैया मात्र कम्पनीमा जम्मा गरेका थिए । ५ लाखको बीमा गरेका निज मल्लको गत असार महिनामा निजको असमाहिक निधन भएको थियो ।

बीमितको हकवाला श्रीमती देउ माया थापा मगरले जीवन बीमाको महत्व अत्यन्तै रहेको आफुलाइ अनुभव भएको सुनाउदै बीमाले जिबित भए आफैलाइ र मृत्यु पश्चात परिवारलाई आर्थिक रुपमा सबल बनाउने हुँदा दाबी भुक्तानी बापत पाएको रकमले आफ्ना छोरा छोरीको बीमा गरिदिने बताइन् ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS